सल्यानमा दुई उद्यमी थापा र खत्री सम्मानित

सल्यानमा दुई उद्यमी थापा र खत्री सम्मानित

सल्यान –  सल्यानमा दुई उद्यमी सम्मानित भएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानले ‘स्वदेशी उत्पादन अभियान : उद्यमीको सम्मान’ भन्ने नाराका साथ नवौँ उद्योग दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा जिल्लाका दुई उद्यमी सम्मानित भएका हुन् । जसमा ऐतिहास कृषि आरन तथा कुखुरी उद्योगका सञ्चालक इन्द्रबाबु थापा  र दिपा सिलाइकटाईका सञ्चालक दिपा खत्री सम्मानित हुनुभएको हो ।

 श्रीनगरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख बेलाराम रावलले खादा र सम्मान पत्रले उहाँहरुलाई सम्मान गर्नुभएको थियो । विगत लामो समयदेखी ऐतिहास कृषि आरन तथा कुखुरी उद्योग सञ्चालन गर्दै आउनुभएका थापाले उद्योग दिवसको अवसरमा सम्मानित हुन पाउँदा खुसी लागेको बताउनुभएको छ । उहाँले उद्योग सञ्चालन गर्दा कोइलाको समस्या हुने गरेको बताउनुभयो ।

उद्यमीलाई सम्मान गर्दै जिल्ला समन्वय समितीका प्रमुख रावलले सरकारले उद्योग सञ्चालनका लागि आवश्यक वातावरण बनाउनुपर्ने बताउँदै सिप, श्रमको भरपुर उपयोग गरी नेपाललाई समृद्ध बनाउन सबै क्षेत्रको उत्तिक्कै सहयोग आवश्यक रहेको बताउनुभयो । ‘उत्पादन, रोजगार, आर्थिक समृद्धिको महत्वपूर्ण क्षेत्र हो’ उहाँले भन्नुभयो ‘देशको आयातलाई विस्थापित गर्दै निर्यातलाई प्रवद्र्धन गर्न उद्योग सञ्चालन गर्नु अपरिहार्य छ ।’

कार्यक्रममा बोल्दै शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारले उद्योगी व्यवसायीका केही समस्या भए समाधानको बाटो पहिल्याउँदै उद्योग र उद्यममैत्री वातावरण निर्माणका लागि सदैव तत्पर रहेको बताउनुभयो । सिप सिक्ने तर व्यवसाय नगर्ने चलन बढेको बताउदैँ उहाँले पछिल्लो समय उद्योगहरूको संरक्षण, प्रवद्र्धन गरी रोजगार, उत्पादन र आर्थिक समृद्धिका लागि वातावरण बनिरहेको बताउनुभयो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्रीकृष्ण देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय भुमि आयोग जिल्ला समिती सल्यानका अध्यक्ष विर बहादुर सेजवाल, निमित्त प्रमुख जिल्ला अधिकारी थमन खड्का, उद्योग बाणिज्य संघ सल्यानका उपाध्यक्ष भरत कुमार बस्नेत, नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी लगाएतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण धुर्व खत्रीले गर्नुभएको थियो । सल्यानटुडे

प्रतिक्रिया