नेत्रलाल बहुप्राविधिक शिक्षालयमा तालाबन्दी

नेत्रलाल बहुप्राविधिक शिक्षालयमा तालाबन्दी

सल्यान  –  सल्यानको सहिद नेत्रलाल बहुप्राबिधिक शिक्षालयमा विद्यार्थी, स्थानीय र जनप्रतिनिधिले तालाबन्दी गरेका छन । 

शारदा नगरपालिका ४ साहुटोलमा रहेको सहिद नेत्रलाल बहुप्राविधिक शिक्षालयमा  बेथिती र अनियमितता भएको भन्दै, विद्यार्थी,स्थानीय बुद्धिजिवि र जनप्रतिनिधिले सोमबार दिउँसो तालाबन्दी गरेका हुन । 

लामो समयदेखि बिषयगत शिक्षक नहुँदा विद्यार्थीको पढाइमा समस्या भएको, प्रिन्सिपल नभएको, आफ्नो फेरबरको प्रमुख ल्याएर चरम भ्रष्टाचार, व्यतिथि भएको भन्दै प्रशासन शाखा र लेखा शाखामा तालबन्दी गरेको स्थानिय अनिल भण्डारीले बताउनुभयो  । 

छलफलका लागि पटक पटक प्रयास गर्दा पनि प्रशासनले वास्ता नगरेपछि बाध्य भएर तालाबन्दी गरेकोे उहाँको भनाई छ । राजनीतिक आडमा शिक्षालयलाई तहसनसह बनाई कमाइखाने भाँडो बनाएको उहाँको आरोप छ । शिक्षालयमा भएका सम्पूर्ण गतिविधिहरुलाई सार्वजनिक गर्नु पर्ने माग गर्दै आफूहरुका माग सम्बोधन नभएसम्म तालाबन्दी नखुल्ने भण्डारीले दाबी गर्नुभयो ।   

शारदा नगरपालिकाका ४ का वडाध्यक्ष किशोर हमालले आफु उक्त शिक्षालयको सञ्चालक समितिको सदस्य भएकाले लामो समय देखि शिक्षालयमा देखिएको समस्याका बारेमा छलफल गर्न खोजिएपनि जवाफदेही कोही नभएपछि विद्यार्थीले तालाबन्दी गरेको बताउनुभयो । आफुले शिक्षलयमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकाय र प्रमुख जिल्ला अधिकारीलाई जानकारी र  ध्यानाकर्षण गराउदा पनि कुनै सुनुवाई नहुँदाको परिणाम तालाबन्दी भएको उहाँको भनाई छ । 

तत्काल बिषयगत शिक्षकको व्यवस्था गरिनुपर्ने, शिक्षालयमा भएको भैरहेको गतिबिधिहरुको बिषमा आम जनमानसमा सार्वजनिक गरिनुपर्ने  लगाययतका माग रहेका छन ।  विषयगत शिक्षक नहुँदा बहुप्राविधिक शिक्षालयमा पशु बिज्ञान तर्फ तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थीले पुरै कोर्स नपढेर बार्षिक परिक्षा छन  ।

तेस्रो बर्षमा पढ्नुपर्ने ७ वटा बिषय मध्ये अधिकांश बिषयको पुरै पढाइ नसकिएको र कर्मसियल डेरी बिषयको पढाई नै नभएर बार्षिक परिक्षा दिएको बिद्यनर्थीको गुनासो छ  । यस शिक्षालयमा सिभिल इन्जिनियरिङ तर्फ प्रशिक्षकको अभाव नभएपनि पशु बिज्ञानमा भने प्रशिक्षकको अभाव रहेको छ । 

प्रतिक्रिया