भैरवीमा गाउँपालिका स्तरीय कृषि मेला प्रर्दशनी

भैरवीमा गाउँपालिका स्तरीय कृषि मेला प्रर्दशनी

सुर्खेत –   दैलेखको भैरवी गाउँपालिकामा गाउँपालिका स्तरीय कृषि मेला प्रर्दशनी संचालन भएको छ । घरघरमा तरकारी, सबैको रोजगारी भन्ने मुल नाराका साथ प्रर्दशनी मेला सम्पन्न भएको छ  ।

 एइ आई एन लक्जेम्बर्गको साझेदारी भैरवी गाउँपालिकाको आर्थिक सहयोग, सोसेक नेपालको आयोजनामा आयोजना गरिएको प्रर्दशनी मेला सम्पन्न भएको सोसेक नेपालद्धारा भैरवीमा संचालित आधार परियोजनामा कार्यरत कृषि प्राबिधिक  सम्झना थापाले बताउनुभयो । 

उहाँका अनुसार एक दिने प्रर्दशनी मेलामा भैरवी गाउँपालिका भित्र उत्पादन हुँदै आएका नगदे बाली,  ताजा तरकारी, फलफूल तथा मसला बालीको प्रर्दशनी गरिएको थियो । कृषि प्रर्दशनीमा ८७ जना कृषकले नाम दर्ताका साथै कृषि सामाग्री प्रदर्शन गरेका थिए ।

जसमा उत्कृष्ट ७ जना कृषकहरुलाई कृषि सामाग्रि र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।  कृषिका बिभिन्न क्षेत्रमा उत्कृष्ट ७ जना कृषक लाई कृषि सामाग्रि र प्रमाणपत्रका साथ पुरस्कृत गरिएको कृषि प्राबिधिक  थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कृषि मेला प्रर्दशनीमा तरकारी तर्फ भैरवी -४ का धनाकुमारी शाही प्रथम, संगिता भण्डारी भैरवी गाउँपालिका -६ दृतिय, जानकी कुमारी बिष्ट भैरवी -१ तृतिय, पुरस्कृत हुनुभएको छ । 

त्यस्तै फलफूल तर्फ प्रथम हुनेमा भुबनसरा रिजाल भैरवी- ५, दृतिय माधब प्रसाद उपाध्याय भैरवी गाउँपालिका -५, तृतीय महेन्द्र शाही भैरवी गाउँपालिका -५ पुरस्कृत हुनुभएको छ । 
त्यस्तै फलफूल तथा तरकारी दुबै तर्फमा उत्कृष्ट हुनेमा भैरवी गाउँपालिका -५ का गजेन्द्र प्रसाद रिजाल पुरस्कृत हुनुभएको थापाले बताउनुभयो ।

 प्रर्दशनी मेलामा आफूले उत्पादन गरेका चिजबस्तू प्रर्दशनी गर्दै कृषि प्रर्दशनी एक दिन मात्र नभएर महिना वा हप्ताको एकपटक गर्ने गरि हाटबजारको व्यवस्था गरे आफुहरुलाई निकै राहत हुने कृषकहरुले बताएका छन् ।

एक दिन लाइ मात्र नभएर गाउँपालिकाले पालिका स्तरीय हाटबजारको व्यव्स्था भएको भए आफूहरुले उत्पादन गरेका सामाग्रि बिक्रि बितरण गर्न सहज हुने कृषक गजेन्द्र रिजाल बताउनुहुन्छ । यो कृषि प्रर्दशनी एक दिन मात्रलाई सिमित नभएर हप्ताको वा महिनाको एक पटक हाटबजारको सुरुवात गरे हुन्थ्यो,’उहाँले भन्नुभयो, ‘त्यसो गरेमा हाम्रो स्थानीय स्तरमा उत्पादित सबै बस्तु विक्रि गर्न सजिलो हुन्थ्यो ।’ 

गाउँपालिका भित्र उत्पादन हुँदै आएका विभिन्न बालीहरुको प्रदर्शनका साथै मेहनती किसानहरुलाई सम्मानका तथा हौसला प्रदान गर्ने उद्देश्यले कृषि मेलाको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष देबि भण्डारीले बताउनुभयो । 

भैरवी गाउँपालिका उपाध्यक्ष देबि भण्डारीको अध्यक्षतामा भएको प्रर्दशनी कार्यक्रममा प्रमुख  प्रशासकीय अधिकुत भुपेन्द्र थापाको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रम सन्चालन गरि भैरवी गाउँपालिका वडा नम्बर १ देखि ७ वडा सम्मका  महिला समुह ,कृषक समुह ,आमा समुह,युवा  क्लब सदस्यहरुको सहभागिता रहेको थियो ।  प्रर्दशनीमा कार्यक्रममा सहभागिहरुलाई कृषि औजारहरु ६३ जनालाई बितरण गरिएको थियो । 


 

प्रतिक्रिया