सल्यानको जङ्गलमा बालकको शव फेला
![सल्यानको जङ्गलमा बालकको शव फेला](https://snowberry.prixacdn.net/media/gallery_folder/deathimage784410-1622018110402-1000x01-0762018112921-1000x0_0UcGghdCcY_6zitue7yxjnfbgnhmbrgnw2x9iud6wwptqw74uuvosu5sg2raqvm5g7nx4xp_a9Rs4KhuUM_6qqc78s19xg8xkzbpprodjros9kd2uk5ftyjc45h8vdabss0lyxez3pef4ad_q9DwVeOggz_ewttjahamqury4ujna51ltqvvglx8ly1eysrjnw8dinnn93ka2lmnswgbibf_q1O1YtRjly_p0qpph8rxp7cigzf4xjkqv2vuol0t5i7fcz2agqlvmep5rv8u56v9uzm4s0m_2FADzSLEqI_wbdhwnbtha8vjp9bsgexhp8jgky5pc1rxgornggabihn5wcc3lse9raqotbh.jpg)
सल्यान – सल्यानको जङ्गलमा एक बालक मृत फेला परेका छन । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न. ४ , काफलपानी स्थित तारुपरे शिद्ध गुफा नजिकै सडेको अवस्थामा एक बालकको शब सनिवार बेलुकी शब फेला परेको स्थानीय देब बहादुर बिकले बताउनुभयो । उक्त शब जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न. -५ च्युराका १३ बर्षिय अर्जुन बिकको रहेको उनका आफन्तले पुष्टि गरेका छ्न ।
सुस्त मनस्थिति उनी गत मंसिर २० गते देखी बाख्रा चराउन जङ्गल गएको बेला बेपत्ता भएका थिए । बालक घर देखि धेरै टाढा ४ न। वडाको तारुपारे जङ्गलमा मृत भेटिएकोले उक्त घटनाको मृतकका आफन्तले हत्याको आशङका गरेका छ्न ।
जङ्गलमा स्थानीय महिलाहरुले घांस काट्ने क्रममा बालकको शब फेला पारेका थिए । शब सडेको अवस्थामा भएकोले केहिदिन पहिलेनै मृत्यु भइसकेको हुन सक्ने बुझिएको छ ।
घटनाको जानकारी स्थानीयले प्रहरीलाइ गरे लगत्तै अहिले ईलाका प्रहरी कार्यालय रागेचौर र ईलाका प्रहरी कार्यालय सल्लिबजार बाट प्रहरी टोलि घटना स्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया