समुदायमा जनचेतनामुलक सडक नाटक कार्यक्रम
जाजरकोट - जाजरकोटको नलगाड नगरपालिकामा समुदायमा घरेलु हिंसा लगायत १०९८ को बारमा छलफल गरिएको छ ।
जाजरकोटको नलगाड नगरपालिका १,२,३,५, र ७ नम्बर वडामा उक्त छलफल गरिएको हो । युनिसेफ र आवाज सस्थाको साझेदारीमा कर्णाली प्रदेशमा बाल बिबाह रोकथाम तथा न्यूनीकरण परियोजना अन्तरगत जाजरकोटको नलगाड नगरपालिकामा भुकम्प प्रभावित क्षेत्र नलगाड नगरपालिकाको समन्वयमा नलगाडका विभिन्न ठाँउहरुमा उक्त छलफल कार्यक्रम गरिएके हो ।
उक्त छलफलमा समुदायमा जनचेतनामुलक र समुदाय स्तरमा घरेलु हिंसा बाल बिबाह महिनावारी विभेद, जबर्जस्ती करनी र बालहेल्पलाइन १०९८ को बारेमा छलफल गरिएको थियो ।
साथै देखाएको यस्तो सडक नाटकले समुदायलाई सचेत गराउन मदत गर्ने बताइएको छ । समुदाय स्तरमा देखाएको सडकनाटक प्रभावकारी भएको बताइएको छ । वडाका वडा सदस्यहरुले सडक नाटहरु हेरेर यस्तो खालको सडक नाटक सबै ठाँउको समुदाय र विद्यालय मा आबश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया