समाजवादीका दुई केन्द्रीय सदस्य सहित दुई दर्जन नेता एमालेमा फिर्ता

समाजवादीका दुई केन्द्रीय सदस्य सहित दुई दर्जन नेता एमालेमा फिर्ता

दैलेख - नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्यद्वय पार्वती बिशुन्के र बरुनाथ योगी लगायत नेतृत्वमा रहेका दुई दर्जन नेताहरु नेकपा एमालेमा फर्किएका छन् । आइतबार दुल्लूमा आयोजित कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले स्वागत गर्नुभयो । 

एमालेमा फर्किनेहरूमा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार कमिटी केशरसिंह माझी, प्रदेश कमिटी सदस्यहरु भूपेन्द्रबहादुर शाही, बालकृष्ण केसी, आत्मप्रसाद उपाध्याय, जिल्ला कमिटी उपाध्यक्ष निरक शाही, जिल्ला सचिवालय सदस्य एवं क्षेत्रीय समन्वय कमिटी सचिव कमल रिजाल छन् ।  

त्यसैगरी विद्यार्थी संगठनका केन्द्रीय सचिव भरत शाही बसन्त रेग्मी, दुल्लु नगर अध्यक्ष भिमप्रसाद शर्मा, नारायण नगर अध्यक्ष हर्क नेपाली, दुल्लु नगर सचिव महेन्द्रनाथ योगी, युवा संघ केन्द्रीय सचिवालय सदस्य धीरेन्द्र कार्की पनि एमालेमा फर्किनुभएको छ । 

प्रदेश कमिटी सदस्य एवम् क्षेत्रीय समन्वय कमिटी अध्यक्ष गोकर्ण माझी, जिल्ला कमिटी सदस्यहरु खजुरा सुजी, कलम नेपाली, जगत शाही, खगेन्द्र शाही, पुर्णबहादुर थापा, महेन्द्र थापा, क्षत्र माझी, यामराज थापा, लक्ष्मी केसी, दिपक रावललाई पनि एमालेका केन्द्रीय कमिटी सचिव भट्टले स्वागत गर्नुभएको थियो । 

समाजवादीबाट एमालेमा फकिएका सबैलाई समान जिम्मेवारी दिइने बताइएको छ । २०७८ भदौमा नेकपा एमालेबाट विभाजित भएको बनेको नेकपा एकीकृत समाजवादी गठन हुँदा नै केन्द्रीय सदस्य बन्नुभएकी बिशुन्के त्यसबेला प्रतिनिधिसभा साँसद हुनुहुन्थ्यो । 

२०५४ मा एमालेबाट जिविस सदस्य बाहेक संसदीय अवसर नपाएका योगी समाजवादीको गठन प्रक्रियाको बेला जिल्ला अध्यक्ष, कर्णाली प्रदेश कमिटीका सदस्य हुँदै नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय सदस्य बन्नुभएको थियो । २०७९ संसदीय निर्वाचनमा प्रदेशसभा सदस्य र अघिल्लो महिना भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा आफूलाई अवसर नदिइएपछि योगी रुष्ट हुनुहुन्थ्यो । 

एकीकृत समाजवादी केन्द्रीय सदस्य पद त्यागेर बिशुन्के र योगी लगायत एमालेमा फर्किएका दुई दर्जन नेताहरुलाई स्वागत कार्यक्रममा एमाले केन्द्रीय कमिटी सचिव भट्ट, सो पार्टीका स्थायी कमिटी सदस्य यामलाल कँडेल, पोलिटव्यूरो सदस्य लक्ष्मी पोखरेल, केन्द्रीय कमिटी सदस्य बिनोद शाह, एमालेका जिल्ला अध्यक्ष सूर्यबहादुर शाही, अनेमसंघका केन्द्रीय सचिव मीना रखाल समेतको उपस्थिति थियो ।   
 

प्रतिक्रिया