दैलेख महोत्सव ३० गतेसम्म मात्र चल्ने

दैलेख महोत्सव ३० गतेसम्म मात्र चल्ने

दैलेख – दैलेख महोत्सव ५ दिन लम्व्याइएर चैत ३ गते पु¥याइएको विषयमा विरोध भएपछि फागुन ३० गतेसम्म मात्र चल्ने भएको छ । चैत १ गतेदेखि परीक्षा चल्ने भएकोले थपिएको अवधि घटाउन आग्रह भए अनुसार घटाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो । 

महोत्सव सञ्चालक दैलेख उद्योग बाणिज्य संघको फागुन १७ देखि २८ गतेसम्म १२ दिनको लागि सञ्चालनको अनुमति लिएकोमा सुरुवातका ५ दिन लामो झरी परेर बाधा पु¥याएको म्याद थपको लागि अनुरोध गरेको थियो ।  

‘नारायण नगरपालिकाको निर्णय अनुसार चैत ३ गतेसम्म म्याद थपिएको हो, चैत १ गतेदेखि सुरु हुने विद्यालयको परीक्षा वाधा नपरोस् भनी नगरपालिकाबाट लेखी आएकोले फागुन ३० सम्म मेला चल्ने र चैत १ गते समापन हुन्छ, कसैले अन्यता लिने वा उछृंखलता नगर्न आग्रह गर्दछु’ प्रमुख जिल्ला अधिकारी भुसालले भन्नुभयो । 

दैलेख जिल्लाभर चैत १ गतेदेखि ८ गतेसम्म कक्षा १–९ सम्मको परीक्षा सञ्चालन गर्ने तालिका अनुसार विद्यालयहरु विदा भएको मौकामा महोत्सव हेर्ने सबैजसो विद्यार्थीहरु भएकोले परीक्षा प्रभावित हुने भनी सरोकारवालाहरुको बिरोध भएपछि थपिएको म्याद घटाइएको हो । 

सुरुवातका ५ दिन लामो झरी परेर बाधा पु¥याएको जनाउदै महोत्सव सञ्चालक दैलेख उद्योग बाणिज्य संघले गरेको आग्रह अनुसार ५ दिनका लागि म्याद थपिएको थियो । ‘विद्यालयका परीक्षा वाधा पर्ने भनी आग्रह भएपछि फागुन ३० गतेसम्म मात्र चलाउन हामी पनि सहमत भएका छौं’ दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहाुदर बिकले बताउनुभयो ।  
 

प्रतिक्रिया