अन्तरक्रिया : नेपाली विशेषताको समाजवाद

अन्तरक्रिया : नेपाली विशेषताको समाजवाद

दैलेख – विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य एटमले शासकहरुको प्रबृति फेरिन नसकेको कारण देशको विकास र जनताको जीवनशैली सुधार आउन नसकेको टिप्पणी गर्नुभएको छ । पार्टीको जिल्ला कमिटीले दैलेखमा आयोजना गरेको वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद सवालमा आफ्नो धारणा राख्दै उहाँले भन्नुभयो तमाम संकटहरुको निकास खोज्न सबैमा देशभक्ति हुनुपर्छ ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थितिलाई आर्थिक, सामाजिक तथा साँस्कृतिक पक्षलाई केलाउदा सत्ता सञ्चालकहरुले सुशासन, न्याय, शान्ति र समृद्धिको पाटो ओझेलमा राखेका आम नागरिकहरुमा सबै राजनीतिक दलहरुप्रति निरासा छाएको पोलिटव्यूरो सदस्य विराटले बताउनुभयो । 

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष मायाराम अधिकारीले नेपाली विदेशी शक्तिहरुको हस्तक्षेपमा परेको त छ तर देशका लागि गर्न सकिने काममा राजनीतिक नेतृत्व चिप्लिएको, भ्रष्ट भएको र नेतृत्वले सही तरिका जनजीविका सवालमा काम गर्न इच्छाशक्ति नदेखिएको टिप्पणी गर्नुभयो । 

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले समयको परिवर्तनसंगै देशको विकास गति बढेको छ तर जनअपेक्षाहरु अनुसार हुन नसको बताउनुभयो । उहाँले बजेट श्रोत घटेको कारण विकास गतिविधि केही गति घटेको टिप्पणी गनुभयो । 

त्यसबखत नेकपा माओवादी केन्द्रका संयोजक गोपालकृष्ण रिजालले विचारधाराले कार्यदिशा तयार गर्ने र त्यस अनुसारको कार्यशैली हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘नेपालका कम्यूनिष्टहरुले समाजवादी लक्ष्य लिए अनुसार कार्यदिशा र कार्यदिशा अनुसारको कार्यनीति नहुँदा अपेक्षाकृत परिणाम आएको छैन ।’

नेपाल मजदूर किसान पार्टीका जिल्ला सदस्य रत्नबहादुर श्रेष्ठले नेपालका कम्यूनिष्टहरुले समाजवादबाट साम्यवादसम्मको लक्ष्य तय गरेको तर व्यवहारमा नेपाली काँग्रेसको समाजवाद कार्यनीति जति पनि दायित्व पूरा नगरेको टिप्पणी गर्नुभयो । उहाँले माओवादी सशस्त्र युद्धमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गरिएको भन्दै आचार्य व्यक्त गर्नुभयो । 

कार्यक्रममा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष डिलकुमारी चन्दले माओवादीले सशस्त्र युद्धको बेला आयआर्जनका कार्यक्रमको विरोध गरेको तर अहिले आफैले आयआर्जनका कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख बताउनुभयो । उहाँले युद्धको बेला धर्मसंस्कृतिको बिरोध ग¥यो अहिले आफै धामीपूजारी भएका छन्, यस्ता अन्धबिश्वासले समाजलाई पछाडि धकेल्ने टिप्पणी गर्नुभयो । 

संविधानसभाका सदस्य भरतकुमारी रेग्मीले माओवादी सशस्त्र युद्धमा परिवारका सदस्य गुमाएका सहिद परिवारको जीविकोपार्जनमा चासो नदिएको भन्द सरकारी शैलीको आलोचना गर्नुभयो । नेपाली काँग्रेसका संस्थापक बीपीको समाजवाद लक्ष्य, कम्यूनिष्टहरुले माक्र्सवादमा आधारित समाजवाद सिद्धान्तलाई अक्षरस पालना गर्नुपर्ने धारणा राख्नुभयो । 

सभाध्यक्ष विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं दैलेख जिल्ला इञ्चार्ज कलम सीले राष्ट्रिय स्वाधीनता संकट परिरहेको अवस्थामा आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक सवालमा बहस पैरबी चलाउनुपर्ने विचार राख्नुभयो । कार्यक्रम सञ्चालन पार्टीका जिल्ला सेक्रेटरी प्रकाश सीले गर्नुभएको थियो । त्यसबखत सहिद परिवारलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया