'खस भूमिमा लेखन तथा पठन संस्कृतिसम्बन्धी उत्सव'

'खस भूमिमा लेखन तथा पठन संस्कृतिसम्बन्धी उत्सव'

काठमाडौँ -  सुर्खेतको वीरेन्द्रनगरमा मंगलवार 'खस भूमिमा लेखन तथा पठन संस्कृतिसम्बन्धी उत्सव' हुने भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा वैशाख ११ गते अर्थात (भोली) खस भूमिमा लेखन तथा पठन संस्कृतिसम्बन्धी उत्सव हुने भएको हो  । कर्णालीको भाषा, साहित्य र संस्कृतिको विकासमा टेवा पुर्‍याउनु महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

 फिउचर नेपालद्धारा संचालित कर्णाली रिडर्स सोसाईटीको आयोजनामा उक्त उत्सव हुन लागेको हो । नेपाली भाषा साहित्यको पावन भूमिमा कर्णालीका साहित्यकार जम्मा गरेर उत्सवमा अन्तक्रिया गर्न लागिको बताइएको छ । यसका लागि सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

कर्णाली रिडर्स सोसाइटीको आयोजनामा (भोलि) सिद्धार्थ होटल वीरेन्द्रनगर सुर्खेतमा कर्नालीका बारेमा लेखिएका पुस्तक प्रर्दशनी हुनुका साथै कर्नालीको भाषा, कला, संस्कृति र साहित्यको बारेमा बहस तथा छलफल हुने आयोजक तथा लेखक डा. नवराज केसीले बताउनुभयो ।

 उहाँ भन्नुहुन्छ', 'कर्णाली विकासका कुरा गर्न । हामी भन्छौँ कर्णालीमा कर्णाली नदि छ, शे–फोक्सुण्डो ताल छ, अनि भन्छौँ कर्णालीमा रारा छ भनेर । देशका ठुला ठुला शहरहरुमा ठुला–ठुला हामी मानिसहरु कर्णाली विकासका बारेमा चिन्तन गछौँ । जबसम्म रारा तालको छेउमा घोडा डोहो¥याइरहेको बालकले आफै, जबसम्म त्यही रारा तालको वरिपरि घाँस काटिरहेकी कर्णालीकी आमा आफै र जबसम्म रारा तालमा डुंगा चलाइरहेका कर्णालीका बा ! आर्फैले कर्णालीको लेखन पठन र चिन्तन गर्दैनन तबसम्म कर्णालीको विकास हुँदैन  ।' 

कर्णालीको लेखन पठन र चिन्तनका विषयमा विगत एक वर्ष देखि कार्यक्रमको सोचाई गरिरहेका थियौँ र अब पुरा हुने बताउनुभयो ।  कर्णाली प्रदेशमा कर्णाली र सोसाइटी भनेर सामाजिक समूह बनाएर विद्यालयहरुमा पुगेर पढ्यो भने कस्तो राम्रो हुन्छ ? पढाईले हाम्रो जीवनमा कस्तो परिर्वतन गर्छ भनेर छलफलहरु चलाउदै आएको थियौँ । कर्णालीमा भएका पुस्तकहरुको बारेमा खोजेर चर्चा गर्दै जादा करिब पाँचसय थान भन्दा बढी पुस्तकहरु संकलन भएको उहाँले बताउनुभयो  ।

अहिले पनि हामीसँग पाँचसय बढी पुस्तकहरु हाम्रो हातमा छन भने करिब १५ वटा योगी नरहरीनाथका पुस्तकहरु समेत जम्मा भएका छन',उहाँले भन्नुभयो, 'करिब दुइसय वर्ष अघि देखिका पुस्तकहरु हामीसँग संकलन भएका छन  ।  पुस्तक जम्मा भएपछि कर्णालीमा आउने पुस्ताहरुलाई कर्णालीमा भाषा मात्र थियो भन्ने मात्र नभएर कर्णाली ज्ञानको खानी पनि थियो भनेर पुस्तक प्रर्दशनी गर्ने अबसर जुटाएका हौँ,’ उहाँले भन्नुभयो । 
भाषा साहित्य र शिक्षा  
यति मात्र नभएर उत्सवमा भाषा साहित्य र शिक्षाको डिस्कसन चलाउनको लागि लेखन तथा पठन संस्कृतिसम्बन्धी उत्सव गर्न लागिएको डा केसीको भनाई छ । उहाँका अनुसार उत्सवमा तीन प्रकारका कार्यक्रम गरिने तय भएको छ । कार्यक्रममा पहिलो लेखक माधव चौलागाईँको कृति सपादलक्ष  कर्णाली पनि विमोचन हुँदैछ । 

दोस्रो पठन र नेतृत्व सम्बन्धी छलफल समेत छलफलको सेसन पनि रहेको छ । जस्मा प्रतिनिधि सभा सदस्य एवंम जनमत पार्टिका सांसद सिके राउत, वीरेन्द्रनगर नगरपालिका मेयर मोहनमाया ढकाल रहनुभएको छ । त्यस्तै उत्सवमा पठन र लेखन किन महत्वपूर्ण छ भन्ने सेसनमा समेत छलफल हुनेछ ।

उक्त सेसनमा लेखक बुद्धिसागर, ओम रिजाल, रमेश क्षितीज, डा. महेन्द्र मल्ल, इतिहासवित प्रेम चौलागाईँ रहनुहुनेछ । 
त्यस्तै नेपाली भाषामा पिएचडि गर्नुभएका एवंम कर्णाली ब्लुजका अंग्रेजी अनुवाद लेखक बेलायती नागरिक डा. माइकल हर्टको कर्णाली र साहित्यका विषयमा चर्चा गरिने बताइएको छ ।

कवितामा कर्णालीकी छोरी 

 उत्सवमा हुने कविता वाचनमा कर्णालीका छोरीहरुले मात्र आफ्ना कविता प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।  त्यस्तै खस गजल साँझमा अन्य खस गजलहरु समेत प्रस्तुत हुने आयोजक यज्ञ खत्रीले जानकारी दिनुभयो । 

ज्ञानसँग जोडिएर कर्णाली घुम्ने नयाँ परम्पराको थालनी हुने विश्वास सहित यसको पहिलो संस्करण नेपाली भाषा, साहित्यको तीर्थस्थल कर्णालीको राजधानी वीरेन्द्रनगरमा ११ वैशाख, २०८१ अर्थात भोली अन्तर्राष्ट्रिय पुस्तक दिवसको दिनमा उत्सवको थालनी गरेको खत्रीले बताउनुभयो  ।

प्रतिक्रिया