प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त
काठमाण्डाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा भएको मत विभाजनबाट प्रधानमन्त्री ओलीको पक्षमा १ सय ८८ जना सांसदले मत दिए र ७४ जना सांसदले ओलीको विपक्षमा मत दिए भने १ जना सांसदले ‘मत दिन्नँ’ भन्ने पक्षमा आफ्नो मत जाहेर गरे । आजको बैठकमा २ सय ६३ जना सांसदहरुको उपस्थिति थियो ।
२ सय ७५ सदस्यीय तल्लो सदन प्रतिनिधि सभामा बहुमतका लागि १ सय ३८ सिट आवश्यक पर्छ । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज मत विभाजन प्रणालीबाट मतदान भएको थियो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा गएको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । असार १७ गते राति कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने सात बुँदे सहमति अनुसार प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभा बैठकमा सार्वजनिक गर्नुभएको थियो ।
प्रतिक्रिया