दैलेखमा मनाइयो, अन्तराष्ट्रिय मानव बेचविखनविरुद्ध दिवस

दैलेखमा मनाइयो, अन्तराष्ट्रिय मानव बेचविखनविरुद्ध दिवस

   दैलेख -  दैलेखको सदरमुकाममा अन्तराष्ट्रिय मानव बेचविखनविरुद्धको दिवस मनाइएको छ । हामी सबैको एउटै आवाज, मानवविचविखन मुक्त समाज, मानव बेचविखनको अन्त्य समानता र स्वतन्त्रता, बालविवाह अन्त्य गरौ, निर्णायक तहमा महिलाको आवश्यकता, लैङ्गिक हिंसा अन्त्य गरौं नारा लेखिएका प्लेकार्ड बोकेर सदरमुकाममा ¥याली निकाली दिवस मनाइएको हो ।

 

सदरमुकामको गणेशस्थानदेखि हातमा मानव बेचविखन विरुद्धका प्लेकार्ड बोकेर ¥याली निकाली दिवस मनाईएको हो । मानव वेचविखन विरुद्धको दिवसमा सरकारी एवं गैरसरकारी संघ संस्था कर्मचारीको सहभागि थिए । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नारायण नगरपालिकाको समन्वय र सोसेक नेपाल संस्थाको आयोजना मानव वेचविखन विरुद्धको दिवस मनाईएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताउनु भयो । सदरमुकामको गणेशस्थान देखी ¥याली निकालेर बजार परिक्रममा गरि दिवस मनाएका हौं । यस ¥यालीले केही मात्रामा भएपनि सकारात्मक सन्देश दिनेछ,उहाँले भन्नुभयो ।


उक्त दिवसमा सहकारी एवं गैरसरकारी संघ संस्थाका कर्मचारी सहभागी भएपनि जनप्रतिनिधी कोही पनि सहभागी भएनन् । जनप्रतिनिधीको उपस्थिति नहुँदा सदरमुकामबासीले जनप्रतिनिधी नागरिकप्रति उत्तरदायि नभएको आरोप लगाउनुभयो ।  नागरिकले कर्मचारीले दिवस मनाउने,तर जनताको सेवा गर्छु भनेर राजनितीमा लागेका जनप्रतिनिधी दिवसमा सहभागी नहुनेले मतदाताको कदर नभएको बुद्धिजिवीको ठम्याई छ ।

सोही कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक सुनिल दाहालले विभिन्न प्रलोभन देखाई खाडीमुलुक पु(याउने भने अनुसारको पारिश्रमिक नदिने,अंग प्रत्यारोपण गर्न लगाउने,बालश्रमिक राख्ने कम ज्याला दिने सबै कामहरु मानव बेचविखन भएकाले आम नागरिक सचेत हुनपर्ने बताउनुभयो । कही कतै त्यस्ता घटना भए सुचना दिनको लागि जिल्लाबासीलाई अनुरोध गर्नु भयो । यो ¥यालीले सकारात्मक सन्देश दिएको छ उहाँले थप्नुभयो । 
दिवसमा लोपोन्मुख जातिको सहभागीता
अन्तराष्टिय मानव बेचविखन विरुद्धको दिवसमा नेपालको सम्पदा र कर्णालीको गहना भनेर चिनिने राउटे समुदायका युवती र आफुलाई वनको बाघ भनेर चिनारी दिएको कुसुन्डा जातकी युवती समेतको सहभागिता रहेको थियो । फरक भेष भुषामा सजिएकी राउटे युवती दिवसको बारे बुझे वा नबुझे पनि दिवसमा सहभागिता रहेको थियो ।  

हातमा लैङ्गिक हिंसा अन्त्य गरौ लेखिएको प्लेकार्ड बोकेकी गाजली शाहीलाई यो के दिवस हो भनेर प्रश्न गर्दा उहाँले भन्नुभयो,हामी राउटे पढन जान्दैनौं के लेखिएको छ यो त तिमीलाई थाहा होला ।  जिल्ला सदरमुकाममा मनाएको अन्तराष्ट्रिय मानव वेचविखन विरुद्धको दिवसमा राउटे र कुसुन्डा समुदायकी तीन युवती आर्कषण केन्द्रविन्दु बनेका थिए । कार्यक्रम सकिएपछि कुसुन्डा र राउटे युवतीसँग नेपाल प्रहरी लगायत अधिकाँश सरकारी एवं गैरसरकारी संघ संस्थाका कर्मचारीले ती युवतीसँग तस्वीर खिच्नेको होडबाजी नै चलेको थियो ।

साउन १२,१३ र १४ गते सोसक नेपालले आयोजना गरेको क्षमता विकास,बार्षिक समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्ठीमा सहभागीका लागि राउटे र कुुसुन्डा युवती सहभागीका लागि जिल्ला सदरमुकाम आउनु भएको थियो ।  सोसेक नेपाल संस्था हिमा दाङको हिमा कुसुन्डालाई सहजकर्ता पदमा रोजगारी दिएको छ भने राउटे समुदायमा विगत ७ बर्ष देखी राउटे परियोजना मार्फत सामाजिकरण गर्न स्वास्थ्य,शिक्षाका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया