पढाई शिविर सहजकर्ताको लागिः क्षमता अभिबृद्धि तालिम

पढाई शिविर सहजकर्ताको लागिः क्षमता अभिबृद्धि तालिम

पढाई शिविर सहजकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले सेभ द चिल्डे«नको साझेदारीमा सामाजिक सेवा केन्द्र(सोसेक) नेपाल, दैलेखको सहयात्रा परियोजनाले १ दिने अभिमुखिकरकण तालिमको आयोजना गरेको छ । दलित तथा सिमान्तकृत समुदायका वालवालिका जस्को सिकाई उपलब्धि न्यून छ त्यस्ता वालवालिकालाई पढाई शिविर मार्फत उनिहरुको सिकाई उपलब्धिमा बृद्धि गर्ने गरिन्छ ।

?
?
?
?

प्रत्येक शनिवार सञ्चालन गरिने पढाई शिविरमा विपन्न समुदायका सिकाई उपलब्धि कम भएका वालवालिकालाई भाषा, गणित र अनुसन्धानमा आधारित भएर गित तथा खेलको माध्यबाट सिकाईने परियोजनाका वाशुदेव उपाध्यायले बताए । पठ्न शिविर विद्यालय भित्र अथवा वाहिर जहा पनि सञ्चालन गर्न सकिने उनको भनाई थियो । उनले थपे, कक्षा २ लाई सञ्चालन गरिने शिविर आवश्यकता अनुसार १ र ३ मा पनि सञ्चालन गर्न सकिन्छ ।
शिविरमा सहभागी वालवालिकाको मासिक मूल्याँकन गरिन्छ । महिना दिन सम्म सञ्चालित कक्षामा पनि राम्रो सिकाई बृद्धि हुन नसकेका वालवालिकालाई थप पहल गरिन्छ । नेपाल सरकारले तयार पारेको पाठ्यक्रममा आधारित भएर सञ्चालन हुने शिविरमा हरेक दिन फरक फरक विषयवस्तुको बारेमा छलफल हुने उनले बताए ।
वालवालिकाहरुको सिकाई उपलब्धिमा बृद्धि गर्नका लागि पढाई शिविरले सहयोग गरेको तालिमका सहभागी सेरी गाविसका सहजकर्ता कौशिला सलामीले बताईन् । उनले थपिन, निरन्तर सिकाईका लागि पढाई शिविर आवश्यक छ । राम्रो परिवारका वालवालिका त घरमा पनि पढ्छन् तर कमजोर परिवारका वालवालिका विद्यालयमा पनि नियमित हुदैनन् । त्यस्ता कमजोर वालवालिकाको लागि शिविर सहयोगी बनेको उनको भनाई थियो ।
तालिममा सिकेका कुरालाई कार्यक्षेत्रमा प्रतिवद्धतासहित लागु गर्ने राकमकर्णालीका हिक्मत माझीले बताए । वालवालिकालाई सिकाउनु हाम्रो जिम्मेवारी हो । वालवालिका भविश्यका कर्णधार भएको हुदाँ पनि गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने माझीको भनाई थियो ।
सामाजिक सेवा केन्द्रमा कार्यरत आशिँक वा पूर्णकालिन जो सुकै कर्मचारीले पनि समुदायमा गईसकेपछि वालविवाह विरुद्ध अभियान सञ्चालन गर्नुपर्ने संस्थाका संस्थापक अध्यक्ष हिरासिंह थापाले बताए । उनले थपे, तपाईहरु गाउमा काम गर्नु हुन्छ । अहिले पनि ग्रामिण क्षेत्रमा वालविवाह कायम नै रहेको छ । वालविवाह बाट हुने समस्या र कानुनी कार्वाहीको बारेमा जानकारी गराउदा न्यूनिकरण गर्न सकिने थापाको भनाई थियो ।
वालविवाह बाट हुने दिर्घकालिन असरको बारेमा धेरै जनालाई जानकारी छैन् । सबै भन्दा ठुलो समस्या त दलित समुदायमा देखिएको छ । दलित बच्चा जन्मिना वित्तिकै भत्ता पाउछन् । उमेर नपुगेको विवाहीत जोडीको विवाह दर्ता हुदैन । विवाह दर्ता नभए वच्चाको जन्म दर्ता गर्न मिल्दैन् । जन्म दर्ता नभए दलित वच्चाले भत्ता पाउदैनन् । त्यसकारण पनि वालविवाह रोक्न तपाई हामी सबैको जिम्मेवारी भएको थापाले बताए ।
कसै कसैले हामीलाई आरोप लगाउने गर्छन् वालविवाह रोक्दा संस्थालाई पैसा आउछ भनेर ! मुद्धा हाल्दैमा वा विवाह रोक्दैमा नत संस्थालाई नत व्यक्तिलाई पैसा आउने हो । सामाजिक सेवा केन्द्र जहिले पनि समुदायमा भएका कुरिती र कुप्रथाप विरुद्ध काम गर्ने भएको हुँदा पछि आउने समस्यालाई अहिलेनै न्यूनिकरणका लागि हाम्रो पहल हो । पढाई शिविर सञ्चालन गरिसकेपछि विद्यार्थीको सिकाई उपलब्धिमा अनिवार्य वृद्धि हुनुपर्ने थापाले जोड दिए । अभिमुखिकरण तालिममा परियोजना सञ्चालित १० गाविसका २८ जना सहजकर्ताको सहभागीता रहेको थियो ।

प्रतिक्रिया