भारतीय एसएसबी इन्स्पेक्टर टि के हंकको गोलिले एक नेपाली मृत्यु

भारतीय एसएसबी इन्स्पेक्टर टि के हंकको गोलिले एक नेपाली मृत्यु

17195516_1268474033232720_1639354193_o-750x562

हेमन्त न्यौपाने

 

कञ्चनपुरको पुर्नवास नगरपालिका–८

फाल्गुन २६

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर घाइते भएका नेपालीको मृत्यु भएको छ। कल्भर्ट निर्माण देखि सुरु भएको आनन्द बजारको विवादले उग्र रुप लियो । एसएसबीका प्रहरी निरीक्षक टि.के हंकले चलाएको पेस्तोलको गोलिबाट स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ । हतियार सहित नेपाली बजारमा घुसेका एसएसबी र भारतीय स्थानीय संग नेपाली स्थानीयको ४ घण्टा लामो झडप भयो । भारतीय एसएसबीले नेपाली माथी १२ राउन्ड फायर गरेको थियो । भारतीय पक्षबाट फायर हुँदा सम्म नेपाली प्रसाशन मौन बसेको भन्दै नेपाली ससस्त्र प्रहरी निरीक्षक राम बहादुर खत्रीलाई आक्रोशित स्थानीयले आक्रमण गरि घाइते बनाएका छन । आनन्द बजार नजिक कल्भर्ट निर्माण सुरु गरेपछि अवरोध पुर्याएको भारतले १५,२० दिन अघि नै सहायक प्रमुख जिल्ला अधिकारी प्रेम बहादुर कुंवर सग भएको वार्ता उल्लंघन गर्दै पटकपटक सम्झौता विपरीत अवरोध गरिरहे पछि आज भारतीय एसएसबी सहित भारतीय स्थानीयहरुले स्याम गुरुङको घर भत्काएका छन भने कैयौं मोटरसाइकल, भौतिक संरचना, भत्काएका छन । कैयौं नेपाल प्रहरी घाइते भएका छन भने कैयौं जनता घाइते छन । पूरा विवरण आउन बाकी छ ।

अहिले ससस्त्र प्रहरी एसएसबी बिच वार्ता भैरहेको छ ।

17203797_1000274580073829_1115576434_n


गोली लागि मृत्यु हुने गोविन्द गौतम

प्रतिक्रिया