बाल मैत्री स्थानीय शासन गाविस घोषणा पूर्व तयारीका लागि अभिमुखिकरण
जिवराज रेग्मी
दैलेख– बालमैत्री स्थानीय शासनको बारेमा जानकारी दिई गाविस घोषणा पूर्व तयारीका लागि पिलाडी गाविसमा सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाले अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । उक्त अभिमुखिकरण कार्यक्रममा बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागितासँग सम्बन्धीत कम्तिमा पनि ३९ वटा सूचकहरुको बारेमा जानकारी गराइएको अभियानकर्ता ललिता वि.सी.ले बताईन ।
बालबालिकाको सर्बोत्तम हित, सर्वाङ्गीण विकास र सहभागिताको सिद्धान्तमा आधारित भै बाल अधिकारको सम्मान, संरक्षण र सम्वद्र्धन गर्न राज्यको तर्फबाट पहल हुनुपर्ने वि.सी.को भनाई थियो । उनले थपिन, स्थानीय निकायको नीति, संरचना, प्रणाली, कार्यप्रक्रिया र व्यवहारमा संस्थागत गर्न बालमैत्री स्थानीय शासन गाविस घोषणा गर्नुपर्ने आवश्यकता भएको छ ।
महिनामा १ पटक प्रत्येक वडामा यस्तो अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिन्छ । अहिले गाविसमा जन्म, मृत्यु, बसाईसराई, सम्बन्ध विच्छेद दर्ता गराउने संख्यामा बृद्धि भएको छ । हरेकका घर आगनहरु सफा छन् र प्रतिघरधुरी शौचालयको व्यवस्था भएको छ । स्वास्थ्य संस्थाहरुमा गर्भवती जाच गर्ने र सुत्केरी गराउनेहरु बढेका छन् भने बालबालिका लक्षित कार्यक्रमको पालन गर्न स्थानीय निकाय प्रतिवद्ध देखिएको अभियानकर्ता वि.सी.को भनाई थियो ।
गाविस घोषणा गर्नु कठिन कार्य भए पनि बालबालिकाको अधिकारसँग सम्बन्धीत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन, कानुन र कार्यविधिको कार्यान्वयन गर्न र स्थानीय निकायलाई बालबालिकाको हितमा योजना तर्जुमा, स्रोतको विनियोजन, कार्यान्वयन, अनुगमन तथा मूल्याँकन जस्ता कार्यमा सघाउन पु¥याउनका लागि गाविस घोषणा अनिवार्य भएको परियोजना अधिकृत नवराज वि.सी.को भनाई थियो । उनले थपे, बालमैत्री स्थानीय शासन एउटा यस्तो कार्ययोजना हो जसले बालबालिकालाई विकासको केन्द्रमा राखी स्थानीय निकाय, सरकारी निकाय र नागरिक समाज समेतको सुशासन र सवलीकरणमा जोड दिन्छ । परियोजनाले पिलाडी गाविसबाट सुरु गरेको अभियानलाई आगामी दिनमा जिल्ला भरीनै व्यापक बनाउन खोजेको वि.सी.ले बताए ।
प्रतिक्रिया