परीक्षार्थी छात्रालाई सेनेटरी प्याड !

परीक्षार्थी छात्रालाई सेनेटरी प्याड !

अमर स्ुनार
दैलेख, चैत २ – विहीवारदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षाका महिला परीक्षार्थी अर्थात छात्राहरुका लागि महिला तथा बालबालिका कार्यालयले दैलेखका २५ वटै परीक्षा केन्द्र कम्तीमा १ हजार जनाका लागि सेनेटरी प्याड पठाएको छ ।
कुल ७ हजार ७० परीक्षार्थी मध्ये ३७ सय भन्दा बढी छात्राहरु भएकोमा त्यो संख्याको झण्डै एक चौथाईको संख्यालाई महिनावारी भएको हुनसक्छ भन्ने अनुमानमा सबै परीक्षा केन्द्रमा महिनावारीको बेला प्रयोग गर्ने सेनेटरी प्याड पठाइएको महिला विकास अधिकृत अनिता ज्ञवालीले जानकारी दिइन् ।17264717_754513154725594_8898305707590409561_n
महिनावारीको बेला हुने रक्तश्रावले लगाएको कपडा समेत भिज्ने, स्वास्थ्य सरसफाईमा समेत समस्या पर्ने र जसको कारण परीक्षामा स्फूर्तीका साथ लेख्न वाधा पर्ने समस्याको बिश्लेषणका आधारमा जिल्ला समन्वय समितिको सहयोगमा सेनेटरी प्याड दिइएको महिला विकास अधिकृत ज्ञवालीले बताइन् ।
महिला तथा बालबालिका कार्यालयले छात्राको समस्या आकलन गरी सेनेटरी प्याड दिएको जानकारी पाएपछि जिल्ला स्वास्थ्य कार्यालयले समेत सबै परीक्षा केन्द्र परीक्षार्थी अकस्मात विरामी पर्दा उपचार गर्न प्राथमिक उपचार सामग्री पठाएको छ ।
सिटामोल, जीवनजल, बेटाडिन, गज लगायतका औषधि पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. शोभित थापाले जानकारी दिए । महिला तथा बालबालिका कार्यालयले सेनेटरी प्याड दिने जानकारी पाएपछि स्वास्थ्य कार्यालयबाट पनि प्राथमिक उपचार सामग्री पठाउन प्रेरित गरेको डा. थापाले बताए ।
छात्राहरुका लागि सेनेटरी प्याड र अरु सबै परीक्षार्थीका लागि प्राथमिक उपचार सामग्री उपलब्ध गराएको यो पहिलो पटक हो । दुइटै कार्यालयले पठाएका सामग्री थोरै मूल्यका भए पनि मनोसामाजिक र मानवीय हिसावले उदाहरणीय कार्य भएको गैडावाज परीक्षा केन्द्रका केन्द्राध्यक्ष रामजीवन खङ्गले बताए ।

प्रतिक्रिया