स्थानीय तह निर्वाचनमा विद्यालय कम समयका लागि प्रयोग गरिने, वालवालिका प्रयोगको अनुगमन समिति

स्थानीय तह निर्वाचनमा विद्यालय कम समयका लागि प्रयोग गरिने, वालवालिका प्रयोगको अनुगमन समिति

दैलेख, १ वैशाख – दैलेखका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले स्थानीय तहको निर्वाचनमा विद्यालय प्रयोगको विकल्प नभएको बताउनुभएको छ । विहीवार जिल्ला बाल कल्याण समितिको वैठकमा जिल्ला बाल सञ्जाल सल्लाहकार समितिका अध्यक्ष लक्ष्मण कार्कीले दिएको ध्यानाकर्षणपत्र बुझेपछि विद्यालयको विकल्प छैन तर सकभर कम समय मात्र प्रयोग गरिने प्रतिवद्धता जनाउनुभयो ।

वाल सन्देश पत्रिकाको विमोचन गर्दै प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला वाल कल्याण समितिका संयोजक जिवन प्रसाद दुलाल
वाल सन्देश पत्रिकाको विमोचन गर्दै प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला वाल कल्याण समितिका संयोजक जिवन प्रसाद दुलाल

त्यसबखत महिला विकास अधिकृत अनिता ज्ञवालीले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दलहरुको ध्यानाकर्षण गराउनुभयो । निर्वाचन बालबालिकालाई प्रचार काममा, साँस्कृतिक कार्यक्रममा सहभागी गराउने, जासुसी वा सुराकीमा प्रयोग गरिंदा बालबालिकाको सुरक्षामा समस्या पर्ने भएकोले निर्वाचनमा प्रयोग नगर्न महिला तथा बालबालिका कार्यालयको चासो रहेको औल्याउनुभयो ।

जिल्ला वाल कल्याण समिति दैलेखको वैठकका सहभागिहरु
जिल्ला वाल कल्याण समिति दैलेखको वैठकका सहभागिहरु

यसैवीच जिल्ला बाल कल्याण समितिको वैठकबाटै निर्वाचनमा बालबालिकाको दुरुपयोग रोक्न तथा त्यस्तो रोकथामका निम्ति अनुगमन गर्न महिला विकास अधिकृत ज्ञवालीको अध्यक्षतामा जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत सम्शेर वहादुर शाही, सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका दुर्गा गिरी, इन्सेकका जिल्ला प्रतिनिधि अमर सुनार, जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरीक्षक शान्ति बिष्ट, बाल सन्देशका सम्पादक निर्मल अधिकारी, पत्रकार महासंघका अध्यक्ष नमन शाही लगायत १५ सदस्यीय अनुगमन समिति गठन गरिएको छ ।
जिल्ला बाल कल्याण समितिको बैठकले वैशाख ७ गते अगावै दैलेखका ११ वटै स्थानीय तहमा बालभेला गरी तत्तत् स्थानीय तहमा बाल सञ्जाल गठन गर्ने निर्ण गरेको छ । ११ वटै स्थानीय तहमा गठन भएका बाल सञ्जालबाट प्रतिनिधित्व गराउँदै छिट्टै जिल्ला स्तरको बाल भेला गरी बाल सञ्जाल गठन गर्ने जनाएको छ ।
सम्वन्धित स्थानीय तहसंग समन्वय गरी त्यस्तो बाल भेला र स्थानीय तहको बाल सञ्जाल गठन गर्न गाउँपालिका र नगरपालिकासंग समन्वयमा गरिने स्थानीय विकास अधिकारी डिलाराम पन्थीले जानकारी दिनुभयो । जिल्ला स्तरीय बाल भेला आयोजना गर्न जिल्ला समन्वय समिति दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक)ले खर्च व्यहोर्नेछ ।
त्यस बखत जिल्ला बाल कल्याण समिति दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक)को खर्चवाट जिल्ला वाल कल्याण समिति दैलेखले प्रकाशित गरेको बाल सन्देश चौमासिक पत्रिका जिल्ला बाल कल्याण समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दुलालले वैठककै क्रममा विमोचन गर्नुभयो ।

प्रतिक्रिया