शैक्षिक सम्वाद कार्यक्रम सम्पन्न

शैक्षिक सम्वाद कार्यक्रम सम्पन्न

दैलेख, जिल्ला शिक्षा कार्यालयको समन्वय तथा सामाजिक सेवा केन्द्र (सोसेक) र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित सहयात्रा परियोजनाको आयोजनामा दुल्लू नगरपालिकाको वडा नं. ९ पादुकास्थित नवदुर्गा आधारभूत विद्यालय भजनियापोखरीको शैक्षिक अवस्था बारे शैक्षिक सम्वाद कार्यक्रम आज सम्पन्न भयो । News in Mukhkhe Narbacha office (4) News in Mukhkhe Narbacha office (3) News in Mukhkhe Narbacha office (2)
विद्यालयमा शैक्षिक गुणस्तर, बालमैत्री शिक्षण क्रियाकलाप, विद्यालय र समुदायको सहकार्य, विद्यालय दैनिक प्रशासन तथा व्यवस्थापकीय प्रणाली विषयमा छलफल भएको थियो । सम्वाद कार्यक्रममा बालबालिका, अभिभाव र शुभेच्छुक समेत ११ जनाले विद्यालय प्रशासन र व्यवस्थापन समितिसंग जिज्ञासा, सुझाव र गुनासो राखेका थिए ।
सो कार्यक्रमको अन्तमा विद्यालयको घेरवार, बालमैत्री शिक्षक विधि, शिक्षकहरुको नियमितता, शिक्षकहरुको मर्यादा बढाउन केही खराव बानी व्यवहार सुधार्न यही शैक्षिक सत्रमा कार्य गर्ने भन्दै राजनीतिक दलहरु, विद्यालय प्रशासन, शिक्षा कार्यालय र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले साझा प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हर्कबहादुर मल्ल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीराम बुढा, जिल्ला शिक्षा कार्यालयका नायव सुब्बा हरी खत्री, सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका कोषाध्यक्ष दुर्गा श्रेष्ठ, वाल संरक्षण अधिकृत निर्मल अधिकारी, नेपाली काँग्रेसका नन्दाराम योगी, एमालेका शान्तिनाथ योगी, नेमकिपाका गणेश कठायत र नेकपा माओवादी केन्द्रका राजेन्द सिंहले शैक्षिक सम्वादमा उठेका प्रश्नको जवाफ र प्रतिवद्धता जनाउनुभएको थियो ।
शैक्षिक सम्वाद कार्यक्रमको स्थानीय समन्वय सहयात्रा परियोजनाका सामाजिक परिचालन अधिकृत ललित भण्डारी, पत्रकार निरक शाही र कार्यक्रमको सहजीकरण पत्रकार अमर सुनारले गर्नुभएको थियो ।

प्रतिक्रिया