जसले समृद्ध दुल्लु बनाउने सपना देखे उनि नै दुल्लूका पहिलो नगर प्रमुख वने
निर्मल अधिकारी
दैलेख, आज भन्दा १४ वर्ष अगाडी म एउटा गैह्र सरकारी संस्थाको शुसासन र द्धन्द्ध व्यवस्थापन सम्बन्धि तालिममा सुर्खेत पुगेको थिए । उनी सँगको मेरो पहिलो भेट त्यही तालिम हो । त्यतिखेर प्रो पब्लिकमा कार्यरत केदार खड्काको सहकार्यमा हामीले दैलेख जिल्लामा शान्ति ¥यालीको आयोजना ग¥यौ । २०६२÷०६३ को जनआन्दोलन चलिरहेका बेला म, भण्डारी र साथी महेन्द्र खड्काको अभियान शान्ति ¥याली गर्नु थियो ।
त्यतिखेर म शिक्षक थिए । शिक्षक पेशालाई त्यागेर २०६६ सालमा हामी दुईजना असल शासन परियोजनामा सहकर्मीका रुपमा काम गर्न थाल्यौ । परियोजनाकै कामको शिलशिलामा जिल्लाको अधिकास भूभागमा सँगै जाने अवसर मिल्यो । म कार्यक्रम सहजीकरण गर्थे उनी राजनैतिक कार्यकर्ता सँग भेटघाटमा व्यस्त । भविश्यमा राजनीतिलाई मुख्य कार्यक्षेत्र बनाउने भण्डारीको भित्री चाहाना मैले बुझेको थिइन् । त्यतिखेर देखिनै उनीमा समुदायका विपन्न, गरिव र असहायको सेवा गर्ने भावना थियो । उनले दुल्लुमा विकासका कुरा गरिरहदा मलाई कहिले काही दिक्दार लाग्थ्यो । म सोच्थे जसको हातमा कुनै अधिकार छैन् उसले कसरी विकास गर्न सक्छ् । आज उनको त्यो सपना पुरा भएको छ । त्यो संवैधानिक अधिकार प्राप्त गरेका छन् ।
२०६६ सालको कांग्रेशको जिल्ला अधिवेशन चलिरहेका बेला क्षेत्रिय सभापतिमा उम्मेद्ध्वारी दिने मनस्थिती बनाए पछि यता जागिरीबाट राजिनामा दिए । उनको राजिनामाले मलाई अप्ठ्यारो बनायो । एकातिर विश्वासिलो र सहयोगी साथी अर्काे तिर चुनाव जित्ने हो वा होइन् भन्ने डर । उनले ठाडो भाषामै भने राजनीमा स्विकृत गर ! फेरी भेट भईहाल्छ नी । त्यतिखेरको राम्रो सुविधा छाडेर राजनीतिमा लागेका उनी सभापतिमा पनि सफल भए । त्यसपछिको दोस्रो कार्यकालका लागि क्षेत्रिय सभापतिमा उनीनै विजय भएका थिए ।
उनी सहिद पूर्ण भण्डारीका छोरा हुन । तत्कालिन द्धन्द्धको क्रममा विद्रोही पक्षबाट २०५८ साल असोज १२ गते उनका बुबाको हत्या गरियो । २०४९ सालमा साविकको दुल्लु गाउ विकास समितिका अध्यक्ष उनका बुबा पनि यो क्षेत्रमा निकै लोकप्रिय नेताका रुपमा चिनिन्थे । घनश्याम आफ्नो बाबुले दुल्लुवासीहरुको जीवनशैली उकास्न देखेको सपना आफु पुरा गर्न लागि पर्ने बताउछन् । उहाले देखेका अधुरा सपनालाई पुरा गर्न आफु राजनीतिमा होमिएको, उनले बताए ।
तर भण्डारीले कहिल्यै पनि बाबुको नाम लिएर आफ्नो पहिचान बनाएन्न । नत कसैको आरक्षणले अगाडी आए । जति गरे आफै गरे । जे गरे आफ्नै स्वविवेकले गरे । उनको सफलतामा पसिना बगेको छ । अनि मिहिनेत र लगनशिलताले भरिएको छ । राजनैतिक संस्कारमा हुर्केका भण्डारीमा नेतृत्व गर्ने शैली र सोचेको काममा प्रतिवद्ध भएर लाग्ने व्यवहारलेनै एक पछि अर्काे सफलता हासिल गर्दै गएका हुन ।
दुल्लु नगरपालिकाले एउटा दुरदृष्टि भएको युवा राजनितिज्ञ पाएको छ । उनी नगरपालिका मात्रै नभएर सिङ्गो जिल्लाको नेतृत्व गर्ने क्षमता राख्छन् । आशा गरौं दुल्लु समृद्ध बनाउने उनको सपना पुरा हुने छ र द्धन्द्धका घाउहरु मेटिदैजाने छन् ।
प्रतिक्रिया