निमुखालाई न्याय प्रशंसनीय ः नगर प्रमुख

निमुखालाई न्याय प्रशंसनीय ः नगर प्रमुख

दैलेख, असार १ — नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले सामाजिक कानूनी सहायता केन्द्रले अन्यायमा परेका निमुख, विपन्न र पीडित महिलाहरुलाई न्याय दिलाउन खेलेको भूमिकाको प्रशंसा गरेका छन् । IMG_20170615_094049
सामाजिक कानूनी सहायता केन्द्रको आयोजनामा स्थानीय तहका वडा सचिवहरुका लागि कानूनी लिखत तथा सिफारिस प्रणाली बारे २ दिने आधारभूत तालिम उद्घाटन कार्यक्रममा उनले सो विचार राखेका हुन् ।
कानूनी सहायता दिने क्रममा मिलाउन सकिने र कानूनले मिल्ने प्रकृतिका झैझडाहरु मेलमिलाप गराउने प्रयत्न गर्न नगर प्रमुख खड्काले सुझाव दिए ।
नेपाल बार एशोसियशनका जिल्ला अध्यक्ष यामराज थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बारका सचिव प्रेम थापा र सामाजिक कानूनी सहायता केन्द्रका कार्यक्रम संयोजक मातृकाप्रसाद खनालले तालिमको महत्व बारे प्रकाश पारेको थिए ।
दैलेखका विभिन्न गाउँपालिका र नगरपालिकाका २३ जना वडा सचिव सहभागी उक्त तालिममा कानूनी सहायता प्रक्रिया, कानूनी.व्यवस्था र समन्वय विषयमा अधिवक्ताहरु खड्गबहादुर सिजापती, ललित मल्ल, यामराज थापा लगायतले सहजीकरण बताइएको छ ।

प्रतिक्रिया