कुखुरा पालन तालिम

कुखुरा पालन तालिम

दैलेख, साउन १४ – शतप्रतिशत कृषि सहकारी संस्था लिमिटेडले अगुवा कृषकहरुका लागि व्यवसायिक कुखुरा पालन तालिम सञ्चालन गरेको छ । तालिमका लागि नारायण नगरपालिका क्षेत्रका १८ जना कृषकहरु आफैले केही रकम उठाएर तालिम सञ्चालन गरेका हुन् ।
व्यवसायिक कुखुरापालनका आधुनिक प्रविधि, कुखुराको जात छनौट, हावापानी, दानाको व्यवस्था, उचित खोरको प्रवन्ध, रोगव्याध लाग्दा उपचार विधि लगायतका विषयमा जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत प्रचण्ड खड्काले सहजीकरण गरिरहेका छन् ।

प्रतिक्रिया