प्रतापपुर गाऊपालिकामा बाढी पिडीतहरुलाई राहत सामग्री बितरण

प्रतापपुर गाऊपालिकामा बाढी पिडीतहरुलाई राहत सामग्री बितरण

सहबान अन्सारी
श्रावण २२ गते, नवलपरासीको प्रतापपुर गाउपालिका वडानं ८ फटकी टोलामा बाढी पिडितहरुलाई राहत सामग्री बितरण गरिएको छ ।
सि.डि.यम.ए.नेपालको सहयोगमा आज तेस्रो दिन करिब १०५ घर परिवारलाई सामुहिक खाना साथै खाद्यान्न चामल, दाल, चाउचाऊ, चिउरा लगायत सामग्रीहरु बितरण गरिएको सि.डि.यम.ए.नेपालका संस्थापक सदस्य गंगा प्रसाद सापकोटाले जानकारी दिनु भयो ।

बाढीबाट पिडितहरुको सहयोगको लागी सुदामा कोईरीको संयोजकत्वमा ११ सदस्यीय राहत तथा उद्दार समिति गठन गरिएको छ । गत आईतवार राती सुस्ता गाउपालिका वडा नं. ३ सेखुअनवा स्थित रैपुरवा खोलाको पानीको सतह बढेपछी खोलाको पश्चिमी बाध करिब ५०० मिटर फुटेर प्रतापपुर गाउपालिका वडा नं ८ फटकी टोलामा पुगेर सो गाउमा करिब १०५ घरहरु डुवानमा परेका थिए । करिब ४ सय मानिसहरु प्रभावित भएको बिपद ब्यवस्थापन समितिका सदस्य युवराज मौर्याले जानकारी दिनु भयो ।

प्रतिक्रिया