मानव वेचविखन तथा ओसार पसार विरुद्धको छात्रा छात्रा अभिमुखीकरण

मानव वेचविखन तथा ओसार पसार विरुद्धको छात्रा छात्रा अभिमुखीकरण

दैलेख, मानव वेचविखन तथा ओसार पसार विरुद्धको ११ औ राष्ट्रिय दिवशको अवसरमा छात्राछात्रहरुलाई अभिमुखिकरण गरियो । महिला तथा बालबालिका कार्यालय दैलेख, जिल्ला समन्वय समिति दैलेख, श्री त्रि. उ.मा.वि दैलेख र सरकारी वकिल कार्यालय दैलेख, जिल्ला प्रहरी कार्यालय दैलेखर सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको आयोजनामा त्रि.उ.मा.वि दैलेखका विद्यार्थीहरुलाई सो अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ ।
कार्यक्रममा सरकारी वकिल कार्यालय दैलेखका सह न्याय अधिभत्ता श्री कौशल ढुगांना, जिल्ला प्रहरी कार्यालय दैलेख प्रहरी निरीक्षक श्री एकेन्द्र वहादुर खड्काले कार्याक्रमको सहजीकरण गर्नु भएको थियो । मानव वेचविखन तथा ओसार पसारको बारेमा, हुने कारण, यसबाट यरेको असर र यसलाई न्यूनीकरण गर्ने उपायको वारेमा छलफल भएको थियो ।
बालविवाह र यसबाट पर्ने असरको वारेमा अभिमुखीकरण गर्दै वालविवाहलाई रोक्नको लागि बालबालिकाले पनि पहल गर्नुपर्ने विषयमा जानकारी गराइएको थियो । कार्यक्रमा वालविवाह र मानव वेचविखन तथा ओसार पसार विरुद्धका घटना भएमा वाल हेल्पलाईन १०९८ (दश नौ आठ) मा खवर गर्न जानकारी गराएको थियो ।

प्रतिक्रिया