नागरिक समाजद्धारा बजार अनुगमन गर्न अपिल
नजिकिदै गरेको महान चाड दशै तिहारमा दैनिक उपभोग्य खाद्य सामाग्रीबाट उपभोक्ताहरु नठगिउन भनी नागरिक समाज दैलेखले खाद्य पदार्थको मूल्य सूची प्रकाशन र बजार अनुगमनका लागि सम्बन्धित निकायलाई अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले प्रत्येक महिना कम्तीमा २ पटक बजार अनुगमन गर्नु पर्ने व्यवस्थ सुशासन कार्ययोजना २०६८ भए पनि उपभोक्ताहरुले बजार अनुगमन हुन नसकेको गुनासो गरेका छन् ।
हिन्दुहरुको महान पर्व दशैमा देश विदेशमा रहेका आफन्तजनहरु घर भेटघाटमा आउने र दैनिक उपभोग्य सामाग्रीमा बृद्धि हुने भएको हुदाँ बजार अनुगमनको आवश्यक भएको अपिलमा उल्लेख गरिएको छ । चाडवाडमा प्रयोग गरिने सामाग्रीहरुमा व्यापारीले कतै चर्काे मूल्य लिने त कतै खाद्य पदार्थको अभाव देखाई मूल्य बृद्धि गर्ने चलन रहेको हुदाँ पनि बजार अनुगमन गर्नुपर्ने नागरिक समाजका अध्यक्ष खड्कबहादुर सिजापतीले बताए । बजार अनुगमन र मूल्य सूचि प्रकासित नहुदाँ सबै भन्दा बढी बालबालिका, जेष्ठ नागरिक र ग्रामिण क्षेत्रका महिलाहरु प्रभावित हुने सिजापतिको भनाई थियो ।
खाद्य सामाग्रीको दर रेट सार्वजनिक नहुदाँ म्याद सकिएका र गुणस्तरहिन सामाग्रको विक्रि वितरण हुन सक्ने सम्भावना बढेको अपिलमा उल्लेख गरिएको छ । अपिलमा भनिएको छ, जिल्ला बजार अनुगमन समितिले गरेको कार्य प्रयाप्त र प्रभावकारी नभएकाले म्याद सकिएका, प्रयोग गर्न नमिल्ने अखाद्य पदार्थले मानविय जीवनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पार्ने भएको हुदा जिल्लाका मुख्य बजारहरुका खाद्य पसल अनुगमन गरी मूल्य सूची प्रकाशित गरियोस ।
प्रतिक्रिया