समचार प्रभाव ः वजार अनुगमन, बजारबाट जफत गरिएका अखाद्यबस्तु जलाइयो

समचार प्रभाव ः वजार अनुगमन, बजारबाट जफत गरिएका अखाद्यबस्तु जलाइयो

दैलेख, असोज १० – जिल्ला प्रशासन कार्यालय दैलेखले दैलेख सदरमुकामका केही पसलबाट जफत गरिएको अखाद्यबस्तुहरु आज जलाइएको छ । वजार अनुगमनको लागि नागरिक समाज दैलेखले विज्ञप्ती प्रकासित गरेपछि जिल्लन प्रशासन कार्यालयले वजार अनुगमन गरेको थियो । हिजो र अस्ती बजार अनुगमनको क्रममा पसल ग्राहकलाई बेच्न राखिएका मध्ये म्याद नाघेका, कुहिएका, सडेगलेका खाद्यबस्तु बजार अनुगमन टोलीले जफत गरेको थियो ।


प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपाने, समरसुर गुल्मका मेजर अरुण कार्की, डीएसपी सरोज पौडेल, राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृत डीएसपी नरेश बम, उद्योग बाणिज्य संघ र पत्रकारहरुको रोहवरमा ती अखाद्यबस्तु जलाइएको हो ।
बजार अनुगमनको क्रममा बिष्कुट, चाउचाउ, हलुवा पकाउने पीठो, तेल, मसालाहरु लगायतका सामग्री रहेका थिए ।
प्रमुख जिल्ला अधिकारी न्यौपानेले बजारमा म्याद नाघेका उच्चकोटिको मदिरा, फ्रिउटी लगायतका पेय पदार्थ र औषधि समेत बिक्री वितरण भइरहेको भन्ने सिकायत प्राप्त भएकोले प्रशासन कार्यालयले अनुगमन गर्ने बताउनु भयो ।

प्रतिक्रिया