लघु उद्यम मेला सुरु

लघु उद्यम मेला सुरु

ज्वाला सन्देश संम्वाददाता
दैलेख, भाद्र १७ – दैलेख सदरमुकाममा बिहिवारदेखी ३ दिने लद्यु उद्यमी मेला सुरु भएको छ । वर्खे मेलाको अवसरमा जिल्ला लघु उद्यमी समुह संघको आयोजनामा मेला सुरु भएको हो ।

लघु मेला प्रर्दशनीको उद्घाटन गर्दै स्थानीय विकास अधिकारी हरि प्याकुरेल
लघु मेला प्रर्दशनीको उद्घाटन गर्दै स्थानीय विकास अधिकारी हरि प्याकुरेल

लघु घरेलु तथा साना उद्यमबाट उत्पादित बस्तुहरुको मेलामा प्रर्दशनीबाटै किनमेलको ब्यवस्थापन मिलाईएको थियो । नारायण नगरपालिका र दुल्लु नगरपालिका सहित ३० गाविसबाट उत्पादन भएको घरेलु उद्योगका सामाग्रीहरु मेलामा प्रर्दशनी र विक्रि भएको जिल्ला लघु उद्यमी समुह संघका अध्यक्ष कविराज खत्रीले बताए । łजिल्लाका २५ समुहहरुले मेलामा सहभागी भएका छन् । “संघका अध्यक्ष खत्रीले भने, ३ दिनभित्र ५ देखी ७ लाख न्यूनतम विक्रि हुनेछ । पहिलो दिनमै होलसेलमा धेरै सामाग्रीहरु बुकिङ भैसकेको छ ।”
प्रर्दशनी मेलामा दैलेखी ढाका, दनाटपरी, मसला, दालमोठ, मसलाहरु, खुकुरी÷आसीहरु, वेल जुस, बाँस मुढा, अगरवत्ती, छाला जुत्ता, चुरा, अल्लो धागो, हाते काजग लगायत १५ प्रकारका सामाग्रीहरु राखीएको आयोजकले जनाएको छ । एक महिने वर्खे मेलाको अवसरमा राखीएको प्रर्दशनीले धेरै जिल्लाबासीहरुमा घरेलु स्वाद र सामाग्रीहरु तर्फ आर्कषण गराउने आयोजकको दावी रहेको छ । मेलाको उद्घाटन स्थानीय विकास अधिकारी हरी प्याकुरेलले गरेका थिए ।

प्रतिक्रिया