आहा क्या राम्रो विजारे !
गोविन्द केसी
दैलेख, (विजारे) – हिउँदमा तम्म हिउँ पर्ने विजारे प्राकृतिक सौन्र्दयले मात्र धनी नभएर बेला बेला लाग्ने मेला र खेलहरुका कारणले पनि प्रख्यात रहेको छ । अग्लो लेकमा सानो उपत्यका भन्दा फरक नपर्ने विजारेको पाटन पुग्ने वित्तिकै आसपास र टाढाटाढा रहेका गाँउहरु चहलपहल नियाल्न स किने भएकाले साँझ विहान स्थानियको ताति नै लाग्ने गर्दछ ।
जिल्लाकै पर्यटकियस्थलहरुमध्यै उच्चस्थानमा रहेको विजारेको लेकबाट रातीमा कैलालीको टिकापुर बजारमा झिलिभिली बत्ति बलेको समेत देख्न सकिने स्थानिय रक्षाबहादुर शाहीले बताए । “यहाँबाट कर्णाली प्रवेश गर्न सकिने भएकाले पर्यटनको सम्भावना बढी रहेको छ ।” शाहीले भने । कालिकोटसंग सिमा जोडीएकोे लकान्द्र र तोलिजैसी गाविसमा पर्ने विजारे पश्चिम दैलेखकै उच्च भेकमा रहेको एक मात्र घुम्न लायक स्थलका रुपमा लिने गरिन्छ । सवारी साधन भए दैलेख सदरमुकामबाट ६ घण्टामा र पैदल मार्ग छोटो बाटो भएर पंचकोशी क्षेत्र हुँदै गएमा दुई दिनसम्म लगाएर विजारे जान सकिन्छ ।
यातायातको साधनबाट विजारे पुगे सडकबाट २० मिनेटको पैदल यात्रापछि विजारे लेकमा पुगीन्छ । लेकमा आँखाले नभ्याउने लामो फराकिलो पाटन भएकाले घाँसदाउरा गर्न आउने महिलाहरु गितको माध्यमद्धारा मनको बेथा पोख्ने स्थलका रुपमा पनि विजारेलाई लिने गर्दछन् । विजारेको पाटनमा पुगेपछि हावापानी र प्राकृतिक दृश्यले आफुलाई मनमहोक बनाएको दैलेखसदरमुकामबाट आएका गायक अभिषेक अनुरागले बताए । अनुरागहहले भने, “जिल्लाबाट ६÷७ घण्टा लगाएर आयौं । तर, यहाँको हावापानी र वातावरणले थकान मेटिएको थाहै भएन् ।” विजारे पाटन समुद्र सहतदेखी २२ सय मिटर उचाई रहेको छल ।
पाटनमा स–साना रुखहरु र घाँसे मैदानले विजारेलाई सौन्र्दय थपेको छ । बेला बेलामा चल्ने चिसो हावासंगै विजारेको पाटनमा कहिले बादलको छाँया त कहिले घामको किरण छिनछिनमा घाम र बादलको लुकामारी देख्न सकिने भएकाले यहाँ आउने आन्तिरिक तथा बाह्य पर्यटकको मन छुने गर्दछ । विजारेको पाटनभित्र पोखरी र वरपर बस्ने स्थानियहरुमा लेकाली जिवनशैलीको दृश्य अवलोकन गर्न सकिन्छ । विजारे पाटनलाई संरक्षण गरी प्रचारप्रसार गर्न सकेमा गर्मी महिनामा यहाँ पर्यटकहरुको सम्भावना राम्रो रहेको छ ।
स्थानिय यूवाहरु फुर्सदमा शारिरिक ब्यायमदेखी खेलकुदसम्मको क्रियाकलाप गर्न पाटनमा जाने गरेको ठाटीकाँध प्रहरी चौकीका ईन्चाज काशीराम पन्तले बताए । स्थानिय यूवाहरुको प्रयासमा बेला बेलामा विभिन्न खेलको आयोजना पनि विजारेमा गरिने भएकाले यहाँको सुन्र्दता हेर्न आउनेहरु बढ्ेका छन् । विजारेमा जानेहरु हेरेर नथाक्ने पाटन त छदै छ तर, कहिले काहि हुने खेलमा जाने खेलाडीदेखी दर्शकसम्मले सुन्दरताको प्रशसा गर्दै लेकाली परिवेशसंगको घुलमेल हुँदै खेलको मज्जा समेत लिने गर्दछन्।
प्रतिक्रिया