दाङमा ९ महिला बलात्कृत

दाङमा ९ महिला बलात्कृत

यमकला भुषाल,तुलसीपुर २५ पुस ।
दाङमा चार महिनामा नौजना महिला बलात्कृत भएका छन् । चालु आर्थिक बर्ष ०७४/०७५ को सुरुका चार महिनामा नौ जना बलात्कारका घटना भएको दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिहंले जानकारी दिनुभयो । उहाँका अनुसार साउनमा २, भदौमा १, असोजमा ४ र कार्तिकमा २ जनागरी नौजना महिला बलात्कृत भएका छन् ।

यस्तै यो अवधीमा तीनजना महिलालाई बलात्कारको प्रयास भएको उजुरी प्रहरीमा परेको छ । ती सबै घटनामा संलग्नहरुलाई प्रहरीले जबरजस्ती करणी ऐन र करणी उद्योग अन्तरगत मुद्दा चलाएको छ । दाङ जिल्ला अदालतले सबै अभियुक्तलाई पूर्वपक्षकालागी थुनामा पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया