माग सम्बोधनका लागि दबाब दिन जिल्ला प्रशासनका धर्ना
दैलेख पौष ३० –नेपाल विद्यार्थी संघ (नेविसंघ) दैलेखले विद्यार्थीहरुको पक्षमा विगतमा उठाइएका विभिन्न मागहरु सम्बोधनका लागि दबाब दिन जिल्ला प्रशासन कार्यालय दैलेखमा धर्ना दिएका छन् । (नेविसंघ) दैलेखले यस अघि सरकार विरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी सहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी लाई बुझाएको थियो । ज्ञापन पत्रमा राखेका मागहरु सम्बोधनका लागि दबाब दिनका लागि आइतवार दिउस १२ बजे देखि १ बजे सम्म जिल्ला प्रशासन कार्यालय दैलेखमा धर्ना दिइएको (नेविसंघ) दैलेखका अध्यक्ष धिरेन्द्र सापकोटाले बताए ।
नेविसंघले उच्च शिक्षामा सबैको पहुँच पुर्याउन सर्टिफिकेट धितो राखेर सहुलियत ऋणको व्यवस्था गर्न, सबै स्थानीय तहमा प्राविधिक शिक्षाको व्यवस्था गर्न, देशभरका सबै शैक्षिक संस्थाहरुमा इलाईब्रेरीको व्यवस्था गर्न, विद्यार्थीहरुलाई निशुल््क स्वास्थ्य विमाको व्यवस्था, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा बम विष्फोटमा परी घाइते नेविसंघकी केन्द्रिय सदस्य मिरा कटुवालको उपचार खर्च सरकारसँग माग गर्दै आएको छ ।
नेविसंघले जाडोका कारण देशका विभिन्न जिल्लामा हुन सक्ने महामारीलाई समयमै रोकथाम गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । नेविसंघले आफ्ना मागहरु पूरा गराउन सोमबारबाटै दवाव स्वरुप हस्ताक्षर अभियान पनि सुरु गरेको छ । उनीहरुले माग सम्बोधन नगरे सरकारविरुद्ध आमरण अनसन समेत बस्न बाध्य हुने चेतावनी समेत दिएको थियो ।
प्रतिक्रिया