सल्यानमा तरकारी बोकेको जीप दुर्घटना

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना

सल्यान –   सल्यानमा सोमबार बिहान तरकारी बोकेको जीप दुर्घटनामा परेको छ । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।  

रोल्पाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जीप बिहान सवा ६ बजेतिर सल्यान कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेतापैरामा दुर्घटनामा परेको हो ।

मृतकको पहिचान हुन भने सकिरकेको छैन । घटनामा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि दाङ पठाउने तयारी भइरहेको छ । जीप सडकबाट साढे तीन सय मिटर तल खसेको सल्यान प्रहरीले जनाएको छ ।

प्रतिक्रिया