बजायाका कृषकलाई मौसमि तथा बेमौसमि तरकारी खेती सम्बन्धी तालिम

बजायाका कृषकलाई मौसमि तथा बेमौसमि तरकारी खेती सम्बन्धी तालिम

ठाटीकाँध –  दैलेखको ठाटीकाँध गाउँपालिकामा मौसमि तथा बेमौसमि तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । ठाटीकाँध गाउँपालिका वडा नम्बर ३ बजाया बिशाला स्थित चेतनशिल महिला कृषक समूहलाई उक्त तालिम दिएको हो ।

यूयनडिपिको साझेदारी सोसेक नेपालद्धारा संचालित सक्षम परियोजना अन्र्तगत उक्त तालिम सम्पन्न भएको हो  । उक्त  तालिममा मौसमि तथा बेमौसमि  तरकारी खेतीको परिचय महत्त्वबारे अवगत गराइएको थियो ।

 बेमौसमि तरकारी उत्पादन  प्रविधि  र जैविक विषादी बनाउने तरिकाबारे छलफल समेत गरिएको थियो ।  काउली बन्दा टमाटर मूला गाजर भाजी केराउ सिमि जातको बीउ बितरण समेत गरिएको थियो । तालिममा ३१ जनाको उपस्थिति रहेको थियो  ।

 समूह गठन पश्चात् स्थानीयले ठाटीकाँध गाउँपालिकाको ३ नम्बर वडा विकट रहेको र त्यही माथि वडा नम्बर ३ को बिशाला बजाया टोल झनै पछि परेको ठाउँमा पुगेर समूह गठन र बिउबिजन बितरण गरेकोमा सोसेक नेपाललाई आभार व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया