नाउलेका कृषहरुलाई प्लाष्टिक टनेल बितरण

नाउलेका कृषहरुलाई प्लाष्टिक टनेल बितरण

दैलेख -   दैलेखको दुल्लु नगरपालिमा प्लाष्टिक टनेल बितरण गरिएको छ । दुल्लु नगरपालिका -१ नाउले स्थित कृषहरुलाई प्लाष्टिक टनेल बितरण गरिएको हो ।

डिसीय नेपालको साझेदारी सोसेक नेपालद्धारा संचालित ग्रीन कर्णाली परियोजना अन्र्तगत उक्त सामाग्रि बितरण गरिएको कृषि प्राबिधिक हिक्मेन्द् माझीले बताउनुभयो ।

उहाँका अनुसार जनचेतना कृषक समुहका कृषक सदस्यहरुसंग कृषक पाठशाला मा केही विषय सम्बन्धि छलफल समेत गरिएको थियो ।

१२ जना कृषकहरुलाई -१ नम्बर वडा सदस्य शक्ति बहादुर खड्काको रोह्ववरमा प्लाष्टिक टनेल बितरण गरि नर्सरीबारि फलोअफ संगै प्लाष्टिक घर निर्माण गर्ने काममा सहजिकरण गरेको माझीले बताउनुभयो । 

प्रतिक्रिया