दैलेखलाई तिज गितले ततायो

दैलेखलाई तिज गितले ततायो

गोविन्द केसी
दैलेख, भाद्र २४ – साँझपख टोलहरुमा जम्मा भएर नाच्ने यहाँका महिलाहरु खुल्ला मंञ्चमा वृहत तिज गित कार्यक्रममा नाच्दा माहोल नै तातियो । उनीहरु गायिकहरुसंगै गित गुनगुनाउँदै मनै खोलेर नाचे । लोकदोहोरी गायिकाहरु शान्ता परियार र सुनीता विसीले दैलेखको टुडीखेलको खुल्ला मञ्चमा गित गाउदा गित हेर्न आएका महिलाहरु पनि छमछमी नाचे । तिज गितले लामो समयपछि दैलेख सदरमुकामको माहोल नै एकाएक नाचगानमा मोडिदा नरमाउने विरलै देखीन्थे । गायिकाहरुले आफुले गायका विभिन्न गितहरु दर्जकलाई सुनाए । धेरै दर्जकहरु गायिकासंगै नाचे पनि ।

आफ्नो प्रस्तुती देखाउँदै सुनीता विसी
आफ्नो प्रस्तुती देखाउँदै सुनीता विसी
तिज गित कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै शान्ता परियार
तिज गित कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै शान्ता परियार
तिज गितमा छमछमी नाच्दै महिलाहरु
तिज गितमा छमछमी नाच्दै महिलाहरु
तिज गित हेर्दै दर्शकहरु ।
तिज गित हेर्दै दर्शकहरु ।

दैलेखी महिलाहरुले विहिवार दिउँसभर गितका गितसंगै रमाउँदै नाचे । निश्चित दिदिमहिनीहरु मात्र भेला भएर गायिने तिज भने दैलेखमा सामुहिक रुपमा गायिएको छ । कार्यक्रममा तिज गित प्रतियोगिता राखीएका अझ आर्कषण बनेको थियो । लोकगायिकाहरुको प्रस्तुतीको विचविचमा स्थानीय कलाकारहरुले प्रस्तुती देखाएका थिए । उनीहरुको प्रस्तुतीसंगै स्थानीय महिलाहरुले तालमा ताल मिलाएर नाचे । तिज आउन धन्नै एक महिनाअघि गाँउगाँउमा महिलाहरुले टिम बनाएर गितसगैसगै नाच्ने गर्दछन् ।
नेपाल महिला संघले १ सय १ औं विपि जयन्तीको अवसरमा तिज गित कार्यक्रम तथा प्रतियोगिता राखेको हो । प्रतियोगितामा ६ टिमले भाग लिएका थिए । तिज गितमा भुकम्पमा यसपालि दिदिबहिनीलाई नराम्रो बनाएकोदेखी बाढी पहिरोले पीडित महिलाहरुलाई तिजले नछुदा खल्लो हुने भाकाहरु समेत गाउदा माहोल केही समय स्तब्ध भएको थियो । łराष्ट्रिय कलाकारहरुले आफ्ना गित तथा समसामयिक गितहरु गाएर दर्शकहरु नचाए “नेपाल महिला संघकी अध्यक्ष सिता रानाले भनिन् कलसंस्कृतीलाई बचाउनका लागि तिज गित कार्यक्रम राखीएको हो ।” प्रतियोगितामा खुर्सानीबारी आमा समुह प्रथम, नारायण महिला समुह दितिय, बौद्ध ग्रामीण समुह तेस्रो स्थान पाए । उनीहरुले नगद सहित प्रमाणपत्र पाएका थिए ।

प्रतिक्रिया