हुम्लामा देउडा खेलेर मनाइयो दिवस

हुम्लामा देउडा खेलेर मनाइयो दिवस

सिमकोट – हिमाली जिल्ला हुम्लामा देउडा खेलेर दिवस मनाइएको छ। कर्णाली प्रदेश सरकारले साउन १ गते देउडा दिवसको अवसरमा सार्वजनिक बिदा दिएपछि जिल्लावासीले देउडा दिवस मनाएका हुन्।

संस्कृति संरक्षण समाजका सचिव तीर्थराज रोकायाका अनुसार जिल्लामा पहिलो पटक देउडा दिवस मनाइएको छ। स्थानीय वेशभूषामा सजिएर देउडा गाउँदै दिवस मनाइएको हो। परम्परादेखि गाउँदै आएको देउडा गीत संरक्षण गर्नका लागि पनि यो दिवस मनाइएको हो।

पछिल्लो पुस्ता अन्य गीततर्फ रमाइरहेका बेला यसको जगेर्ना गर्नु उपयुक्त देखिएका कारण दिवसको अवसरमा देउडा गाउने कार्यक्रम सञ्चालन गरिएको हो। गीतमार्फत पनि देउडालाई संरक्षण गर्नुपर्ने र यसलाई ग्रामीण स्तरसम्म पनि देउडा संस्कृतिको जगेर्ना गर्नुपर्ने सन्देश दिने खालका गाइएका थिए।

देउडा दिवसको अवसरमा दक्षिणी हुम्ला र उत्तरी हुम्लाका पुरुष देउडा खेलाडी र महिलामा स्थानीय देउडा गायक बिस्सु सुनार र सिमकोट गाउँपालिकाका महिलाबीच देउडा गाउने कार्यक्रम थियो।

देउदा दिवसको अवसरमा बिहानैबाट बेलुकासम्म देउडा गाउने कार्यक्रम थियो। देउडा खेलाडीलाई खादा लगाएर सम्मानसमेत गरिएको थियो।

कर्णाली प्रदेश सरकारले देउडाको संरक्षणकै लागि सार्वजनिक बिदा दिएको र यसलाई स्थानीयले आफ्नो स्थानबाट संरक्षणका कार्यक्रम गर्नुपरेको समाजले जनाएको छ। देश सञ्चार

 

प्रतिक्रिया