दैलेख वजार सहित गाउँ गाउँमा वाल दिवश ।।

दैलेख वजार सहित गाउँ गाउँमा वाल दिवश ।।

ज्वाला सन्देश समचारदाता
दैलेख भाद्र २९ – जिल्ला बाल कल्याण समिति दैलेखको आयोजनामा राष्ट्रिय बाल दिबस कार्यक्रम सम्पन्न भएको छ । आज दैलेख वजारमा गणेश चोकवाट र्याली निकाली स्थानीय देवकोटा चोक परिक्रमा पछि स्थानीय त्रीभुवन उच्च मा.वि.मा कार्यक्रम आयोजना गरिएको थियो ।
राण्ट्रिय बाल दिवस २०७२ को अवसरमा सेभ द चिल्ड्रनसँगको साँझेदारी, बाल कल्याण समिति र जिल्ला शिक्षा कार्यालयको समन्वय तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको आयोजनामा जिल्लास्तरिय चित्रकला प्रतियोगिताको आयोजना मिति २०७२ साल भाद्र २८ गतेका दिन सम्पन्न गरि पुरस्कार वितरण मिति २०७२ साल भाद्र २९ गते सम्पन्न गरिएको छ । प्रतियोगितामा सहभागीहरु मध्ये श्री कालिका बोडिङ स्कुलमा अध्ययनरत छात्रा प्रशंसा थापा प्रथम, श्री प्रदिप रावल द्धितीय, श्री बालमन्दिर प्राथमिक विद्यालयमा अध्ययनरत छात्रा सिता बादी तृतीय तथा श्री नारायण निमाविमा अध्ययनरत विनिता योगीले सान्त्वना स्थान हासिल गर्नुभएको थियो । प्रतियोगितमामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गनुहुने विद्यार्थीहरुलाई सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले शैक्षिक साम्रगी पुरस्कार प्रदान गरेको थियो ।

राष्ट्रिय वाल दिवशको उपलक्ष्यमा दैलेख वजारमा वाल मैत्री विद्यालय चित्र कला प्रतियोगिता

यसका साथसाथै उत्त पुरस्कार वितरण कार्यक्रममा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखद्धारा संचालित एकिकृत परियोजना अन्र्तगत विपन्न तथा सिमान्तकृत समुदायका बालबालिका अध्ययनरत श्री बालमन्दिर प्राथमिक विद्यालयमा अध्ययनरत ४३ जना बादी समुदायका बालबालिकाहरुलाई छात्रवृति सहयोग स्वरुप शैक्षिक साग्रगी (प्रति व्यक्ति १ सेट डे«स कपडा, १ थान झोला, १० वटा कपि, १ थान ज्यामिति बाकस र २ पाकेट पेन्सिल) वितरण गरिएको थियो । पून निर्माण र संविधान, बालअधिकारको संरक्षण, हाम्रो अभियान भन्ने नाराका साथ मनाईएको बाल दिवसको ञ्याली बजार परिक्रमा गरि श्री नमुना उच्च माविको प्राङगणमा गई औपचारिक रुपमा संचालन भएको थियो । कार्यक्रममा प्रजिअ पिताम्बर घिमिरे, निमित्त बाल कल्याण अधिकारी, सेभ द चिल्डे«नका जिल्ला कार्यक्रम संयोजक आत्माराम भट्टराई, सोसेकका संस्थापक अध्यक्ष हीरासिंह थापा, निमित्त स्थानीय विकास अधिकारी यामनारायण गौली लगायत अन्य सरोकारवाला निकायको उपस्थिती रहेको थियो । पुरस्कार वितरण कार्यक्रममा बोल्नुहुदै प्रमुख जिल्ला अधिकारी श्री पीताम्बर घिमिरेले बालबालिका भनेको भोलिका कर्णधार भएकाले उनीहरुको स्वास्थ्य, शिक्षा तथा अधिकारका लागि सबैले ध्यान दिनुपर्नेछ भन्नुभएको थियो ।

राष्ट्रिय वाल दिवशको उपलक्ष्यमा दैलेख वजारमा निकालिएको र्याली
राष्ट्रिय वाल दिवशको उपलक्ष्यमा दैलेख वजारमा निकालिएको र्याली
राष्ट्रिय वाल दिवशको उपलक्ष्यमा दैलेख वजारमा छात्रवृद्धि वितरण गर्दै

राष्ट्रिय वाल दिवशको उपलक्ष्यमा दैलेख वजारमा वाल गित गाउदै वालवालिका,
राष्ट्रिय वाल दिवशको उपलक्ष्यमा दैलेख वजारमा वाल गित गाउदै वालवालिका,
राष्ट्रिय वाल दिवशको उपलक्ष्यमा दैलेख वजारमा पुरस्कार तथा छात्रवृद्धि वितरण समारोह

स्मरण रहोस की सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले विगत लामो समय देखी महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेको छ ।

यस्तै, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र रावतकोट गाउँ विकास समतिको सहयोग पञ्चदेवल उच्च माध्यामिक विद्यालय रावतकोटको समन्वय तथा महिला संञ्जाल रावतकोटको आयोजनामा तिजगित प्रतियोगिता सम्पन्न भएको छ । तिज गित प्रतियोगितामा १३ वटा समुह सहभागी भएका थिए । प्रतियोगितामा महिला स्वास्थ्य स्वयंम सेवीकाको समुह र पंञ्चदेवल समुह प्रथम, नेरा निम्न माध्यामिक विद्यालय र रुमाल आमा समुह द्धितिय, मालिका आमा समुह र पंञ्चदेवल समुह तृतिय र ईन्द्रज्वाला र गगन नेपालीको समुह शान्तवना भएका छन् । उक्त तिज गित प्रतियोगिता सिता रिजालको अध्यक्षतामा र पदम आचार्यको विशेष आतिथ्यतामा सम्पन्न भएको र कार्यक्रमको सञ्चालन नन्दा महतराले गर्नु भएको जनाईएको छ ।

उता राष्ट्रिय बाल दिबसको अबसर पारेर आज भवानि उच्च माध्यामिक विद्यालय विशाला ३ बाहाकोटमा गाउँ बाल संरक्षण तथा सम्बद्र्धन उप समिति बिशाला ३ र सामाजिक सेवा केन्द्र (सोसेक( अन्तरगत सञ्चालित एकिकृत परियोजनाको सहभागिता र समन्वयमा बाल दिबसको अबसरमा बाल अधिकार सम्बन्धिको ¥यालि निकालिएको छ । स्थानिय बाहाकोट बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । बाल दिबसको अबसरमा तिज बिशेष कार्यक्रम पनि सम्पन्न भएको भवानि बाल क्लबका अध्यक्ष रमेश सिजापतिले जानकारि दिनुभयो ।

त्यस्तै राष्ट्रिय बाल दिबसको अबसरमा बाँसि गाउँ बिकास समितिमा पनि प्राथमिक बिद्यालय स्तरिय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ । मालिका उच्च माध्यामिक विद्यालय बाँसिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगितामा बाँसि गोल्डेन गेट प्रथम, मालिका उच्च माध्यामिक विद्यालय द्धितिय, नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालय तृतिय र भगवति प्राथमिक विाद्यलय रिठा सान्त्वना भएका छन् । मालिका उच्च माध्यामिक विद्यालयका प्राचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा बाँसि गाविस स्थीत सम्पुर्ण विद्यालयको सहभागिता तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल सहयोग रहेको त्यहाबाट उपेन्द्र बुढाले जानकारि दिनुभयो ।

यस्तै सामाजिक सेवा केन्द्र सोसेक नेपालको आर्थिक सहयोगमा ज्वाला बाल सञ्जाल बडाखोलाको आयोजनामा जगदिश माध्यामिक विद्यालय बडाखोलाको समन्वयमा बाल क्लबहरुको बाल अधिकार, बाल संरक्षण, बाल दुर्वव्यहार, सम्बन्धि तिज गित प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा ९ वटा बाल क्लवको सहभागीता रहेको थियो । श्री नेरा निमावि बडाखोला वडा नं. ४ मा गठित चेतनशिल बालक्लव प्रथम, श्री सिद्ध बाल क्लव द्धितिय, श्री सृजनशिल बाल क्लव तृतिय र अरु सबै क्लवहरु सान्तवना भएका छन् । कार्यक्रम ज्वाला बाल सञ्जालका अध्यक्ष रत्नबहादुर थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको निर्मला नेपालीले खबर पठाउनु भएको छ ।

उता आज लक्ष्मि उच्च माध्यामिक विद्यालय रतिखोलाको आयोजनामा बाल अधिकार र हाम्रो सरोकार विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्रथम टेकेन्द्र बोहोरा, द्धितिय सुमन कार्की, तृतिय सतिस राना र सान्तवना लक्ष्मि गुरुङ हुनुभएको छ । विद्यालयका प्राध्यानाध्यापक टेकबहादुर सिजापतिको सभापतित्वमा सञ्चालित कार्यक्रममा विद्यालयका भुतपुर्व प्राध्यानाध्यापक हस्तबहादुर गुरुङ र शिक्षक मिनराज भट्टराईले बालअधिकारका विषयमा बोल्नु भएको थियो भने कार्यक्रम सञ्चालन शिक्षिक शान्ति विसीले गर्नु भएको थियो ।

उता आज चामुण्डामा पनि बाल दिबस भव्यताका साथ मनाईएको छ । गाउँ बाल सञ्जाल चामुण्डाको आयोजनामा ¥याली सहित विभिन्न साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको सभापतित्व गाउँ बाल सञ्जाल चामुण्डाका अध्यक्ष चन्द्रा ज्ञावलि रहनु भएको कार्यक्रममा आनन्द माध्यामिक विद्यालयका प्राचार्य देविराम तिमिल्सेना प्रमुख अतिथि
रहनु भएको थियो भने कार्यक्रमको सञ्चालक प्रकाश ज्ञावलीले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य सोसेकका ललित भण्डारीले राख्नु भएको सोसेककै मिरा स्वर्णाकारले खबर पठाउनु भएको छ ।

यस्तै राष्ट्रिय बाल दिवसको अवसरमा आज जबमुकाँधमा बालबालिका सम्बन्धी लोकगीत प्रतियोगीता सम्पन्न भएको छ । समाजिक सेवा केन्द्र (सोसेक) दैलेख र जागरण बालसञ्जालको सहकार्यमा प्रतियोगीता भएको हो । जागरण बालसञ्जालकी अध्यक्ष पुजा शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी तिलक शर्मा, विशेष अतिथी गाविसका सहायक सचिव लक्ष्मी विष्ट रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन झलक भण्डारीले गर्नुभएको र सुरेन्द्र देवकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रतियोगितामा जयदेव उमाविको नमुना बाल समूह प्रथम, कालिका मावि नेत्रपानीको कालिका बाल समूह द्धितिय, जनता मावि वस्ताकोटको खापरकैलाश बाल समूह तृतिय र देउती निमावि बनाडाको सरस्वती बाल समूह सान्तवना भएको रहको जम्बुकाँधबाट प्रविण शाहीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया