आहा क्या राम्रो विजारे !

आहा क्या राम्रो विजारे !

गोविन्द केसी
दैलेख, (विजारे) – हिउँदमा तम्म हिउँ पर्ने विजारे प्राकृतिक सौन्र्दयले मात्र धनी नभएर बेला बेला लाग्ने मेला र खेलहरुका कारणले पनि प्रख्यात रहेको छ । अग्लो लेकमा सानो उपत्यका भन्दा फरक नपर्ने विजारेको पाटन पुग्ने वित्तिकै आसपास र टाढाटाढा रहेका गाँउहरु चहलपहल नियाल्न स    किने भएकाले साँझ विहान स्थानियको ताति नै लाग्ने गर्दछ ।

विजारेबाट सुर्यास्तको दृश्य
विजारेबाट सुर्यास्तको दृश्य
 विजारेको पाटन
विजारेको पाटन
विजारेमा रहेको प्रसिद्ध नागढुंगा
विजारेमा रहेको प्रसिद्ध नागढुंगा
विजारेमा रहेको लेकाली पाटन
विजारेमा रहेको लेकाली पाटन
पाटनमा रहेको पोखरीबाट गाईभैसी बासस्थानतर्फ जाँर्दै
पाटनमा रहेको पोखरीबाट गाईभैसी बासस्थानतर्फ जाँर्दै

जिल्लाकै पर्यटकियस्थलहरुमध्यै उच्चस्थानमा रहेको विजारेको लेकबाट रातीमा कैलालीको टिकापुर बजारमा झिलिभिली बत्ति बलेको समेत देख्न सकिने स्थानिय रक्षाबहादुर शाहीले बताए । “यहाँबाट कर्णाली प्रवेश गर्न सकिने भएकाले पर्यटनको सम्भावना बढी रहेको छ ।” शाहीले भने । कालिकोटसंग सिमा जोडीएकोे लकान्द्र र तोलिजैसी गाविसमा पर्ने विजारे पश्चिम दैलेखकै उच्च भेकमा रहेको एक मात्र घुम्न लायक स्थलका रुपमा लिने गरिन्छ । सवारी साधन भए दैलेख सदरमुकामबाट ६ घण्टामा र पैदल मार्ग छोटो बाटो भएर पंचकोशी क्षेत्र हुँदै गएमा दुई दिनसम्म लगाएर विजारे जान सकिन्छ ।
यातायातको साधनबाट विजारे पुगे सडकबाट २० मिनेटको पैदल यात्रापछि विजारे लेकमा पुगीन्छ । लेकमा आँखाले नभ्याउने लामो फराकिलो पाटन भएकाले घाँसदाउरा गर्न आउने महिलाहरु गितको माध्यमद्धारा मनको बेथा पोख्ने स्थलका रुपमा पनि विजारेलाई लिने गर्दछन् । विजारेको पाटनमा पुगेपछि हावापानी र प्राकृतिक दृश्यले आफुलाई मनमहोक बनाएको दैलेखसदरमुकामबाट आएका गायक अभिषेक अनुरागले बताए । अनुरागहहले भने, “जिल्लाबाट ६÷७ घण्टा लगाएर आयौं । तर, यहाँको हावापानी र वातावरणले थकान मेटिएको थाहै भएन् ।” विजारे पाटन समुद्र सहतदेखी २२ सय मिटर उचाई रहेको छल ।
पाटनमा स–साना रुखहरु र घाँसे मैदानले विजारेलाई सौन्र्दय थपेको छ । बेला बेलामा चल्ने चिसो हावासंगै विजारेको पाटनमा कहिले बादलको छाँया त कहिले घामको किरण छिनछिनमा घाम र बादलको लुकामारी देख्न सकिने भएकाले यहाँ आउने आन्तिरिक तथा बाह्य पर्यटकको मन छुने गर्दछ । विजारेको पाटनभित्र पोखरी र वरपर बस्ने स्थानियहरुमा लेकाली जिवनशैलीको दृश्य अवलोकन गर्न सकिन्छ । विजारे पाटनलाई संरक्षण गरी प्रचारप्रसार गर्न सकेमा गर्मी महिनामा यहाँ पर्यटकहरुको सम्भावना राम्रो रहेको छ ।
स्थानिय यूवाहरु फुर्सदमा शारिरिक ब्यायमदेखी खेलकुदसम्मको क्रियाकलाप गर्न पाटनमा जाने गरेको ठाटीकाँध प्रहरी चौकीका ईन्चाज काशीराम पन्तले बताए । स्थानिय यूवाहरुको प्रयासमा बेला बेलामा विभिन्न खेलको आयोजना पनि विजारेमा गरिने भएकाले यहाँको सुन्र्दता हेर्न आउनेहरु बढ्ेका छन् । विजारेमा जानेहरु हेरेर नथाक्ने पाटन त छदै छ तर, कहिले काहि हुने खेलमा जाने खेलाडीदेखी दर्शकसम्मले सुन्दरताको प्रशसा गर्दै लेकाली परिवेशसंगको घुलमेल हुँदै खेलको मज्जा समेत लिने गर्दछन्।

प्रतिक्रिया