संकलन केन्द्रले ल्यायो मेरो जिवनको नया मोड

संकलन केन्द्रले ल्यायो मेरो जिवनको नया मोड

ज्वाला सन्देश सम्वाददाता
दैलेख कार्तिक–७, भवानि ५ स्थायि घर भै देसिगाडेमा हाल वस्दै आएका राम वहादुर थापा सामान्य परीवारमा हुर्केका व्यक्ति हुन । उनको परीवारमा श्री मति ३ छोरा १ छोरी र आफु गरी जम्मा ६ जनाको मझौला परीवार हरेको छ । उनि ३० वर्षको हुदा कुलतमा फसे जसको कारण विभिन्न झगडा गर्ने जाड रक्सी खाने गरे र अलिअलि भएको कमाई पनि सके अन्तमा त्यसैक्रममा साना तिना मुद्धामालिमा पनि व्यर्हाेनु परयो । त्यसले गर्दा भैसीखोरमा भएको १ तले घर विक्रि गरी ति मुद्धा मालिमा लडने अवस्था सृजना भयो र आफु अर्काको भाडामा वस्दै आईरहेका उनि सँगै ६ जना परीवारको विहान साझ हातमुख जोर्न समेत धौधौ हुन्थ्यो ।collection center 2 collection center 1
जव सोसेक नेपाल का कृषि कार्यक्रम अधिकृत को अगुवाईमा भवानीमा संकलन केन्द्रको समिति पुनरगठन गरी राम वहादुर थापालाई सामाग्रि सहित जिम्वेवारी हस्तान्त्रण गरे देखि संकलन केन्द्रमा कृषिजन्य वस्तुको संकलन तथा वजारी करण सुरुवात गरे तत्तपश्चात सेवा प्रदायकहरुका लागि प्राविधिक तथा वजारीकरण सम्वन्धि ३, ३ दिने गरी २ पटक तालिम पनि पाप्त गरे । त्यसका अलवा ३ दिने सेवा प्रदाएकहरुको लागि अवलोकन तथा अन्र्तक्रीया भ्रमणमा समेत सामेल भए उनि । विस्तारै उनमा तरकारी संकलन केन्द्रको व्यवसायिक बन्ने जागर चल्यो । गाउँका किसानहरुले उत्पादनको संकलन र वजारिकरणको जिम्मा उन्ले लिएका छन् । किसान सँगै यीनले आफ्नो आम्दानी पनि वढाएका छन् । २ महिनाको अन्तरालमा १,२१,००० वरावरको कारोवार गरी २७५०० आम्दानि गर्न सफल भएका छन । विभिन्न ठाउँको भ्रमण वाट फर्कियपछि रामबहादुर लाई संकलन केन्द्रलाई व्यवसायिक बनाउने जागर चलेको हो । आप्नो मुख्य पेशाकै रुपमा अगाल्ने र मासिक रुपमा करीव १५००० सम्म आम्दानि गर्ने योजना रहेको छ उन्मा अहिले । साथै यस पेशामा लागे देखी कुलत वाट जोगिने समेत अवसर पाएको वताउछन थापा । अन्तमा थापा भन्छन् “हालसम्म कुनै पनि सरकारी निकायबाट सहयोग पाएको थिइन, सामाजिक आर्थिक विकास कार्यक्रम बाट सहयोग गर्ने च्ब्एघ हेल्भेटास र सहजीकरण गर्ने संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र परियोजना मा कार्यरत कर्मचारी समेतलाई धन्यवाद दिन्छन् उनि अचेल । भवानि खरीगैरा र ना.न .पा ४ र ५ को केन्द्र विन्दु मानिन्छ रामबहादुरले संचालन गरेका संंकलन केन्द्र, सो संकलन केन्द्रवाट दैनिक उपभोग्य सामानहरु देखि कृषि जन्य वस्तुहरुको खरीदविक्रि गर्ने गर्दछन उनी । वि. सं. २०७१ सालमा ग्रामिण पहुँच कार्यक्रम तेश्रो चरणको आर्थिक सहयोग, हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको कार्यान्वयन र सामाजिक सेवा केन्द्र(सोसेक) नेपालको सहजीकरणमा सामाजिक आर्थिक विकास कार्यक्रम लागु भएको थियो । यस कार्यक्रम अन्र्तगत देसिगाडेमा हरीयालि संकलन केन्द्र नामक वजार केन्द्र संचालनका लागि ९ सदस्यीय हरियाली कृषि उपज संकलन केन्द्र गठन भएर आज सो संकलन केन्द्रवाट रामबहादुर लगाएत आसपासका किसान आत्मनिर्भर भएका छन् ।

प्रतिक्रिया