हराउँदै ऐतिहाँसिक नाच

हराउँदै ऐतिहाँसिक नाच

ज्वाला सन्देश सम्वाददाता
दैलेख, कात्तिक ८ – द्धन्द्धको सुरुवातसंगै हाम्रो गाँउघरमा नाचीने सयैवर्ष पहिलेदेखी पुस्तासगै हस्तान्तरण हुँदै आएका नाचहरु हराउने अवस्थामा पुगेका छन् । हाम्रो समाजमा आएको सामाजिक राजनीतिक परिवर्तनसंगै सदियौदेखी चलिआएका नाचहहरु लोप हुने अवस्थामा पुगेका हुन् । नयाँनयाँ गितसंगितले गाँउघरसम्म छाँउन थालेपछि खासगरी हाम्रो समुदायहरुमा नाचिने हुड्के, पैंजरी, ढोलकी, रत्यौली, गर्रा, लगायतका परम्परागत लोक नृत्यहरु हराउने अवस्थामा पुग्न थालेका हुन् ।

हुडके नाच
हुडके नाच

मुस्किलले चार्डपर्वहरुमा ठाडीभाका, रत्यौली र देउडा नाचमा बुढापाकाहरुको मोह देख्न सकिन्छ तर, सदियौदेखी समाजको गहनाझै चलनचल्तीमा आएका लोकनृत्यहरुप्रति पछिल्लो पुस्ता नजिकिन नसकेपछि हराउने अवस्थामा पुगेको हो । कालभैरव – ७ का ७२ वर्षिय प्रेमबहादुर घर्तीले सामाजिक सहिष्णुता राख्नका लागि पुराना गीत र नाच निकै महत्वपुर्ण माध्यम भएको बताए । कामकाज सकेर थाकान मेट्ने र मनोरञ्चन लिने माध्यमका लागि नाच भएको उनको तर्क छ । ‘धुमधाम पञ्चेबाजा बजाएर विवाह गर्ने चलन थियो अहिलेका युवाहरु सुटुक्क मन्दिरमा गएर विवाह गर्छन् ।’ घर्तीले भने, ‘पहिले विवाहमा पञ्चैबाजा बजाउने, ढोलकी, मारुनी र हुड्का नचाउ“ने गरिन्थ्यो ।’ केहीवर्षदेखी एफएम रेडियो र मोबाईलको बढ्दो प्रभावले गर्दा यहा“का लोक नृत्यहरुले आधुनिक समाजमा निरन्तरता पाउन नसकेको कलासंस्कृतीकर्मीहरु बताउँछन् ।
सांस्कृतिक, ऐतिहासिक, र सामाजिक दृष्टिले महत्वपूर्ण मानिने यस्ता नृत्यहरु विशेष कार्यक्रम बाहेक गाँउघरबाट हराउन थालेका छन् । मागल दुलही लिन जा“दा र भित्र्याउ“दा गाईने विशेष भाका हो । दमाई जातीमा हुने हुड्केले हुड्का बजाएर नाच्ने नाचलाई हुड्का भन्ने गरिन्छ । पहिले पहिले विवाह, ब्रतवन्ध र अन्य खुसीयालीमा ऐतिहासिक र पौराणिक वीर पुरुषहरुको गाथा गाएर हुड्का ना“च्ने गरिन्थ्यो । जानकारका अनुसार मध्य तथा सुदुरपश्चिममा मागल र हुड्के विरलै नचाएको पाईन्छ । जिल्लाका पुर्वी भेक कुनैबेला गर्रा, मयू“र र पैंजेरी नाचले चिनिन्थ्यौ तर, विरलै देखीने गर्दछ ।
फोटो क्याप्सन ः हुडके नाच ।

प्रतिक्रिया