डोकोमा तरकारी डुलाउँने किसान अव संकलन केन्द्रमा

डोकोमा तरकारी डुलाउँने किसान अव संकलन केन्द्रमा

ज्वाला सन्देश सम्वाददाता
राकम कर्णाली (दैलेख), साँझ वारीमा फलेको तरकारीलाई टिपेर तमतयार पारेर संकलन केन्द्र तिर लाग्दछन् । हाल राकम कर्णालीमा हाट वजार र संकलन केन्द्र वनेपछि त्यस भेकका कृषकलाई आफ्नो उत्पादन विक्री वितरण गर्न सजिलो भएकोछ । गत वर्ष यस्तै समयमा उहि किसान विहानै बाटोमा खाने खानाको बोको लिएर तरकारीको डोको विक्रि गर्न तिलेपाटा – ७ लामिछाने गाँउका ४५ वर्षे गाने कामी विभिन्न बजारहरुमा घुमाउँथे ।

डोकोमा तरकारी डुलाउने गाने कामी अव हाटवजार र संकलन केन्द्रमा
डोकोमा तरकारी डुलाउने गाने कामी अव हाटवजार र संकलन केन्द्रमा
 खिड्कीज्यूला बजारमा तरकारी बेच्दै काने कामी
खिड्कीज्यूला बजारमा तरकारी बेच्दै काने कामी

गाँउमा विक्रि नहुँने भएपछि आफुले गरेको उत्पादन गरेका तरकारी ३ देखी ४ घण्टाको पैदल हिडेर नजिकका बजारमा विक्रि गर्नुपर्ने बाध्यता थियो गत वर्ष । गतवर्ष कहिले डोकोमा लगेको तरकारी नै बजारमा पुग्दैन् । कहिले त विक्रि नहुँदा सस्तोमा विक्रि गरेर फर्कनुपर्ने किसान गाने कामीका लागि कुनै अनौठो नभई परिवार पाल्ने जोहो र केही कमाउनका लागि नित्यकर्म जस्तै हुने गरेको थियो । हाल नजिकै राकम कर्णालीमा हाट वजार वनेकोले आफ्नो विगतमा डुलाउदा लाग्ने समय वचत भएको गाने कामीले सुनाए । उनले भने वचत भएको समयलाई तरकारी खेतिमा लगाउने गरेको छु ।
उनी हप्तामा ३ देखी ४ दिन पश्चिम दैलेखको टुनीबगर, राकमकर्णाली र खिड्कीज्यूलाका होटल तथा पसलहरुमा तरकारीको डोको चाहार्दै समय खर्चिन्थे । अरु दिन परिवारसंगै तरकारीको हेरचारमा ब्यस्त हुन्छन् । यसअघि उनी भारतमा ज्याला मजदुरी गरेर धौ धौ संग परिवारको खर्च टार्ने गर्थे । कहिलेकाकी भारतमा निकै दुख गरेर कमाएको पैसा लुट्दा विचल्लीमा परेको कामीसंग दर्दनाक अनुभव समेत छ । जिवनमा धेरै दुखकष्ट बेहोरेका कामी पछिल्लो वर्षहरुमा गाँउमै ब्यवसयीक तरकारी खेती गर्न थालेका हुन् । विदेशमा गरेजतिकै दुख आफ्नो गाँउ ठाँउमा गरे सहजै परिवार पालेर केही पैसा कमाउन सकिने देखेर तरकारी खेती गरेको गानेले बताए ।
९ जनाको परिवार रहेको उनको तरकारी खेतीमा परिवारबाट पनि उत्तिकै सहयोग पाएका छन् । ”भारतमा काम गर्न जान छाडेर गाँउमै तरकारी खेती गरे, गाने कामीले भने, गाँउमा विक्रि नहुने भएपछि आफैले बोकेर नजिकका बजारहरुमा तरकारी डुलाउँथे हाल नजिकै हाट वजार र संकलन केन्द्र भएपछि त्यही लगेर विक्रि गर्दछु ।” घर नजिक प्लाटिक घरभित्र टमटर फलाएका छन् भने बारीमा रहेको बन्दा, काउली, मुला विक्रि गरिरहेका छन् । नर्सरी ब्यवस्थापन र बनस्पतीक विषादी तयारी, रोग किरा नियन्त्रण आदि सम्वन्धि तालिम लिएपछि तरकारी खेती गर्न अझ सहज भएको उनले बताए । प्राविधिक ज्ञान पाएपछि आफुलाई तरकारी लगाउन सजिलो भएको उनको भनाई छ ।
उन्नत र बैमौसमी तरकारीको विउको खोजीमा रहेको बेला सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सामाजिक परिचालन र हेल्भेटास स्वीस ईन्टर कोअपरेशन नेपालको प्राविधिक सहयोगमा संञ्चालित ग्रामीण पहुँच कार्यक्रम तेश्रो चरण सामाजिक आर्थिक विकास कार्यक्रमवाट ले विउ बिजन कार्यक्रमबाट सहयोग भएपनि मैले बारीमा तरकारी लगाउन अझ मदत पुगेको किसान गानेले बताए । łयो सिर्जनमा टमटरबाट मात्रै ४५ हजार कमाए । “उनले भने, अन्य तरकारीहरुबाट कमाएको पैसाले घरखर्चमै ठिक्क भयो ।” परिवारसंग बसेर भारतमा भन्दा राम्रो कमाई हुने गरेकाले अरुलाई पनि गाँउमै कुनै न कुनै ब्यवसाय गर्न सल्लाह समेत दिन्छन् । उनले तरकारी मात्र विक्रि गर्ने गर्दैनन् तरकारीका बेर्ना उमारेर विक्रि समेत गर्ने गर्दछन् । łतरकारी लगाएर घरमै बसेर कमाउन सकिदैन् । “कामीले भने, नजिकका बजारहरुमा विक्रिका लागि उत्तिकै मेहेनत गर्नुपर्छ ।”

प्रतिक्रिया