वालविवाह विरुद्ध देउसी भैलो

वालविवाह विरुद्ध देउसी भैलो

ज्वाला सन्देश सम्वाददाता
पिलाडी (दैलेख) – जिल्लाको पिलाडी गाविसमा बाल संञ्जालले वालविवाह विरुद्ध देउसीभैलो खेलेकाछन् । “वालविवाहको न्युनिकरण गरौं, सम्भ्य समाजको निर्माण गरौं” भन्ने नाराका साथ देउसी भैलो कार्यक्रम गरेका हुन् । देउसी भैलो कार्यक्रमबाट उठाएको रकम पनि बालविवाह विरुद्धको अभियानमा नै खर्चने भएकोछ । नमुना बाल संञ्जाल पिलाडीले ३ दिनसम्म खेलेको देउसीभैलो कार्यक्रमबाट संकलन भएको रकम बालविवाह विरुद्धको अभियानहरुमा खर्चने भएका हुन् ।

“वालविवाहको न्युनिकरण गरौं, सम्भ्य समाजको निर्माण गरौं”  नाराका साथ देउसी भैलो खेल्ने टिम
“वालविवाहको न्युनिकरण गरौं, सम्भ्य समाजको निर्माण गरौं” नाराका साथ देउसी भैलो खेल्ने टिम

सञ्जालले पिलाडीमा कात्तिकको २५, २६ र २७ गते देउसीभैलो कार्यक्रम खेलेर ८ हजार रुपैँया संकलन गरेका थिए । सञ्जालका २५ जनाको टिमले देउसीभैलो खेलेका थिए । पिलाडीमा बालविवाहको संख्या धेरै भएकाले सञ्जालले देउसीभैलो मार्फत वालविवाह विरुद्ध अभियान संचालन गरेको र उठाएको रकमले अभियानमा खर्चदा प्रभावकारी हुने सञ्जालका अध्यक्ष पुजा रिजालले बताईन् । “गाँउमा धेरै बालविवाह हुने गर्दछ ।” अध्यक्ष रिजालले भनिन् त्यसैले वालविवाह विरुद्धको अभियान संचालन गर्न देउसी भैलो खेलेका हौं, उठाएको थोरै रकमले पनि प्रभावकारी अभियान चलाउन सकिने देखेकाले खर्चने निर्णय ग¥यो ।
देउसीभैलोबाट जम्मा भएको रकम भोज खाएर एकदिन मनोरञ्जन लिनुभन्दा सामाजिक काममा खर्च गरे जिवनभर प्रभावकारी हुने भएकाले आफुहरुले बालविवाह विरुद्धको अभियानमा खर्चने निर्णय गरेको नमुना बाल सञ्जालकी सचिव गिता विसीले बताईन् । उनीहरुले देउसीभैलो गाविसका मुख्य बजारहरुमा खेलेका थिए ।

प्रतिक्रिया