सचिवलाई क्षमता विकास तालिम

सचिवलाई क्षमता विकास तालिम

ज्वाला सन्देश सम्वाददाता
न्याय सेवा तालिम केद्रको आयोजनामा दैलेखका गाविस सचिवहरुका लागि क्षमता विकास सम्वन्धी १० तालिम दैलेख सदरमुकाममा आज सम्पन्न भयो । तालिममा ४९ गाविसका लागि काम गरिरहनु भएका ३९ जना गाविस सचिवहरुको सहभागिता थियो । VDC nyaya news
तालिम समापन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गंगाराम गिरीले अर्धन्यायिक कामको जिम्मेवारी भएका गाविस सचिवलाई यो तालिम दैनिक प्रशासनिक काममा समेत उपयोगी हुने बिश्वास व्यक्त गर्नुभयो । न्याय सेवा तालिम केद्रका शाखा अधिकृत दिलिपकुमार प्रधानले सहभागीको सक्रियता र स्थानीय तहमा समन्वयले आफूहरुलाई तालिम सञ्चालन गर्न सहज भएको बताउनुभयो ।
स्थानीय निकायको कार्य जिम्मेवारी र कार्यसम्पादनमा उपयोगी हुने संवैधानिक तथा कानूनी व्यवस्थाहरुका विषयमा जिल्ला न्यायाधीश बिश्वमंगल आत्रेय, प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे, स्थानीय विकास अधिकारी हरी प्याकुरेल, प्रहरी नायव उपरीक्षक बीरबहादुर ओली, दैलेख अदालतका श्रेस्तेदार गोबिन्द आचार्य, बारका अध्यक्ष सुरेन्द्र अधिकारी, पत्रकार अमर सुनारले सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया