महिला विरुद्ध हुने हिंसा र १६ दिने अभियान – अधिवक्ता बिनु श्रेष्ठ

महिला विरुद्ध हुने हिंसा र १६ दिने अभियान –  अधिवक्ता बिनु श्रेष्ठ

१६ दिने अन्तराष्ट्रीय अभियानको ऐतिहासिक पृष्ठभुमी
यो दिवसको शुरुवात सर्वप्रथम ल्याटिन अमेरिकाबाट भएको थियो । सन १९८१ को नोभेम्बर २५ का दिन ल्याटिन अमेरिकामा यो दिवस मनाउदा निकै अनौठो मानिएको थियो । त्यति बेला महिला माथि हुने घरेलु हिंसा देखि लिएर राजनैतिक बन्दी र राजनैतिक हिंसा सम्मका बहसले स्थान पाएको थियो । यद्यपी हालसम्म पनि यस बहसले निरन्तरता पाईरहेको छ ।
नोभेम्बर २५ लाई महिला माथि हुने हिंसा विरुद्धको दिवसको रुपमा मनाउनुको पछाडी यसको छुट्टै इतिहास छ । यसको सन्दर्भमा डोमिनिकल गणराज्यका एकै परिवारका ३ दिदी बहिनीहरुको हत्यासँग जोडीएको छ । मिरावल परिवारमा जन्मीएका ३ दिदि बहिनी राजनितिक कार्यकर्ता थिए । र तत्कालिन त्रुजिलो तानाशाहि सरकारले सन १९६० मा उनिहरुको निर्मम हत्या गरेको थियो । जसलाई लिङ्गको आधारमा हुने राजनितिक हिंसाको प्रतिरुप मानिन्छ ।सन १९२४ मा पेट्रिय १९२७ मा मिनर्भा र १९३५ मा मारियाको जन्म भएको थियो ।यी तिनै जना दिदि बहिनीहरु आफनो मुलुकमा शिक्षित र सचेत महिलाका रुपमा परिचित थिए । अन्याय नसहने स्वभावका यी दिदी बहिनी तत्कालिन त्रिजिलो तानाशाहीका विरुद्धमा थिए । तत्कालिन सरकारले ति तिनै दिदी बहिनी र उनकोपरिवालाई राजद्रोहको आरोप लगाईएको थियो । उनिहरु पटक पटक जेल परेका थिए । यसै क्रममा निरकुश सरकारका विरुद्ध सशक्त आन्दोलनमा उत्रिने उदेश्यले डोमीनिकनको एउटा शहरमा विशाल भेलाको आयोजना गरिएको थियो। जुन बेलामा पेट्रीय ,मिनर्भा र मरिया तिनै जनाले सम्बोधन गर्ने कार्यक्रम थियो । राज्यको हस्तक्षेपको कारण उक्त कार्यक्रम सफल हुन सकेन र पक्राउ परेका थिए । १९६० को शुरुवातमा त्यहाँको सरकारले उनिहरुलाई राजद्रोहिका रुपमा घोषणा गरयो । यसरी घोषणा गरेको ११ महिना पछि नोभेम्बर २५ का दिन उनिहरुको हत्या भएको थियो । उक्त हत्या पछि त्रुजिलो सरकार विरुद्धको आन्दोलन अझ सशक्त बन्यो र एक बर्षमा नै तानाशाहि त्रुजिलो सरकारको अन्त्य भयो । ति तिन दिदी बहिनीहरुको हत्यालाई महिला माथि हुने हिंसाका रुपमा लिईयो र उनिहरुको सम्झनामा नोभेम्बर २५ देखि डिसेम्बर १० दिन सम्मको दिनलाई अन्तराष्ट्रिय जगतमा महिला हिंसा विरुद्ध १६ दिने अभियानको रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउन थालीयो ।

नेपालमा १६ दिने अभियानको शुरुवात
नेपालमा १६ दिने अभियान विशेष गरि १९९७ देखि विविध कार्यक्रमहरुको आयोजना गरि मनाउन थालिएको हो ।सन २००६ मा महिला विरुद्ध हुने सवै प्रकारका भेदभाव उन्मुलन सम्बन्धी संयुक्त राष्ट्रसंघिय महासन्धी १९८९ का् इन्छाधिन आलेखलाई अुनमोदन गर्न नेपाल सरकारको ध्यान आकर्षण गर्ने अभियान रहेको र सन २००८ मा महिला माथि हुने घरेलु हिंसा नियन्त्रण सम्बन्धी कानुन पारित गर्ने विषयमा अभियान केन्द्रीत थियो । हाल आएर महिला माथि हुने घरेलु हिंसा नियन्त्रण कसुर र सजाय ऐन २०६६ जारि भै सकेको छ ।

१६ दिने अभियानको प्रभाव
सन १९९७ देखि अहिले सम्म आईपुग्दा नेपालमा महिला माथि हुने हिंसाका सम्बन्ध व्यापक आवाज उठेका छन । यो अभियानले महिला माथि हुने हिंसाका विरुद्ध खुलेर कुराकानी गर्न थालेका छन । घर भित्र हुनेहिंसालाई घर भित्र सिमीत राख्न हुदैन भन्ने मान्यता विस्तारै स्थापित हुने क्रम छ । हाल सम्म मानव वेचविखन तथा ओसारपसार ऐन २०६४ तथा घरेलु हिंसा ऐन २०६६ समेत जारी भईसकेका छन । नेपाल सरकारले सन २०१० लाई समेत महिला विरुद्धको हिंसा बर्ष रुपमा मनाउने घोषण गरेको थियो । साथै महिला हिंसाबाट पिडीतहरुलाई उद्धार तथा सहयोग गर्ने सरकारी निकाय र महिला अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरु विच सहकार्यको संस्कृति अगाडी बढेको छ ।

महिला विरुद्ध हिंसाको परिभाषा
महिला विरुद्ध हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा हुने हिंसाजन्य कार्य हो, जसले महिलालाई शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउँदछ । महिला हिंशाको सुरुवात वालिका गर्भमा रहे देखी मरुन्जेलसम्म कायम रहने गर्दछ । लिङ्गको पहिचान गरी छोरी भएको खण्डमा गर्भपतन गर्न वाध्य पार्ने कार्य पनि एक प्रकारको हिंशा नै हो । गर्भावस्थामा मात्र होईन शिशु अवस्थामा पनि महिला हिंशाको रुप देख्न सकिन्छ । केटी शिशु हत्या, संवेदनात्मक तथा शारीरिक हिंसा, खाना तथा स्वास्थ्य सुविधाको पहुँचमा विभेद गरेका घटनाहरु पनि हाम्रो समाजमा प्रसस्तै देखिन्छन् ।
१६ दिने अभियानको सन्देश

  •  “घर शान्ती नै विश्व शान्ती”
  • महिला र पुरुष बराबर रुपमा सक्षम छन र समान इज्जतका भागिदार छन”
  • महिला विरुद्ध हुनेहिंसा कुनैपनि अवस्था तथा परिस्थीतिमा स्वीकार्य हुनेछैन ”
  •  हिंसामुक्त घरपरिवार तथा समाज निर्माण गर्न चुनौती छ तर यो सम्भव तथा अत्यावश्यक छ”
  • “महिला विरुद्ध हुने हिंसाको रोकथाम गर्नु प्रत्येक व्यक्तीको जिम्मेवारी हो ।”
    तसर्थ हाल महिला माथि हुने हिंसा विरुद्ध विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको समन्वय,सहभागिता र सक्रियतामा विभिन्न कार्यंक्रमको आयोजना गरि यस अभियानलाई मनाउन थालिएको छ ।

प्रतिक्रिया