दुल्लु नगरपालिकाका कार्यकारी अधिकृत सम्मानित

दुल्लु नगरपालिकाका कार्यकारी अधिकृत सम्मानित

जिल्ला लघु उद्यमी समूह संघ,दैलेखले दुल्लु नगरपालिकाका कार्यकारी अधिकृत दिपेन्द्र शाहीलाई उहाँकै कार्यकक्षमा पुगेर सम्मान गरेको छ । उहाँलाई जिल्लाका लघु उद्यमीले तयार पारेको ढाकाको दोसल्ला ओडाएर सम्मान गरेको हो । DMEGA Dulluयसै गरी कार्यरत अन्य कर्मचारीहरुलाई ढाकाको हाते रुमाल प्रदान गरेर सम्मान गरेको छ । जिल्ला लघु उद्यमी समूह संघ,दैलेखको वैठक दुल्लु नगरपालिकाको कार्यालयमा बस्न गएको अवसरमा सम्मान गरेको हो ।
सो समन्वयात्मक वैठकमा लघु उद्यमहरु दुल्लु नगरपालिकामा दर्ता गर्ने,उद्यमीहरुलाई आवश्यक सहयोग गर्ने,भए गरेका गतिविधिहरु जिल्ला लघु उद्यमी समूह संघ,दैलेखले नियमति नगरपालिकालाई उपलब्ध गराउने र मध्यपश्चिम लघु उद्यम उत्पादन तथा ब्यापार महोत्सवलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने निर्णय भएको छ । यसै गरि सोही दिन जिल्ला लघु उद्यमी समूह संघ,दैलेखको सहजीकरणमा दुल्लु क्षेत्रका लघु उद्यमीहरुलाई लघु वित्तमा पहँुच पु¥याउनका लागि मेगा वैंकसित समन्वयात्म वैठक समेत सम्पन्न गरेको छ ।

प्रतिक्रिया