वाख्रपालन समुहका सदस्यहरुले गरे अन्र्तक्रीयात्मक अवलोकन भ्रमण

वाख्रपालन समुहका सदस्यहरुले गरे अन्र्तक्रीयात्मक अवलोकन भ्रमण

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहजिकरणमा सुनेको विर्सिन्छ र देखेपछी विश्वास बड्छ भन्ने मुलनाराका साथ कृषकहरुको अवलोकल तथा अन्तक्रिया भ्रमण कार्य मिति २०७२ साल मंसीर महिनाको २४ गते संम्पन्न भएको हो ।

वाख्रा पालनको लागि घाँस खुवाउनको लागि तयार भएको टाड
वाख्रा पालनको लागि घाँस खुवाउनको लागि तयार भएको टाड
वाख्रा पालन समुहको अवलोंकन भ्रमणका सहभागीहरु
वाख्रा पालन समुहको अवलोंकन भ्रमणका सहभागीहरु

सो कार्यक्रमको निर्धारीत समय भने २ दिनको रहेको थियो । ग्रामिण पहुच कार्यक्रम तेश्रो चरण को आर्थिक सहयोग, हेल्भेटास स्विस ईन्टरकोअपरेशन नेपालको कार्यन्वयन सहयोगमा संचालित सामाजिक आर्थिक विकास कार्यक्रम अन्र्तगत रामाघाट सिहासैन, चुप्रा मेहलतोलि र देसिगाडे महावु सडक खण्डमा रहेका वाख्रापालन कृषक सदस्यहरुको अवलोकन भ्रमणका माध्यामबाट उनिहरुको क्षमतामा बृद्धि, भ्रमणका क्रममा देखीएका राम्रो अभ्यासको अनुसरण गर्नु का साथसाथै सम्वधित वाख्रा पालनका का क्षेत्रमा सहकारीका व्यक्तिहरुविच अन्र्तक्रिया तथा अवोलोकन गराई त्यहा भएको राम्रो अभ्यास जस्तो खोर निर्माण तथा व्यवस्थापन, डिपिङ्ग टयाङ्ग, डालेघास तथा भुईघास रोपण तथा खुवाने तरीका, वाख्रालाइ डालेघास खुवान प्रयागे गरीने टान्डो आदीका वारेमा प्रत्यक्ष अवलोकन गरी त्यसको रेप्लीकेट गर्ने उद्देश्यले संचालन गरीएको उक्त भ्रमणमा दैलेख जिल्लाको सदरमुकाम देखि दक्षिण पूर्वि भागमा पर्ने वराह ७ छर्ची भन्ने ठाउमा गठितसहयोगि हातेमालो सहकारी संस्था का सदस्यहरु संग अन्र्तक्रिया साथै खड्कावाडा २ स्थित कर्णालि महिला सहकारी संस्था विच अन्र्तक्रीया तथा अवलोकन भ्रमण गरेका हुन । उक्त भ्रमणमा सम्वन्धित ३ वटै सडक खण्डका कृषक ३६ जना र २ जना सम्वन्धित कर्मचारी गरी जम्मा ३८ जनाको सहभागिता रहेको थियो। त्यसैगरी उक्त कार्यक्रममा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका कार्यक्रम अधिकृत श्री रत्न प्रसाद चौलागाई ले उक्त भ्रमणको नेतृत्व गर्नु भएको हो ।उक्त कार्यक्रमको अन्तमा सहभागिको तर्फवाट राय लिदै कार्यक्रम अधिकृत ले अवलोकन भ्रमणमा सिकेका कुरालाई आ आपनो घरघरमा नमुना खोर, टान्डो का साथै डाले घाँस को व्यवस्था गर्नुहने मा म पुर्ण विस्वस्त रहेको वताउदै अवलोकन भ्रमणको समापन गर्नुभयको हो । भने सहभागिका तर्फवाट वोल्नु हुदै रानिवन २ झरना कृषक समुका अध्यक्ष श्री बल वहादुर शाही ले हाम्रो हालसम्म पाल्द्रै आएका वाख्रा धेरै सुधार गर्नुपर्ने वताउदै भ्रमणको क्रममा धरै कुराको ज्ञान पाप्त भएको भन्दै यस भ्रमणवाट फर्केपछि अनिवार्य रुपमा यसको अनुसरण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

प्रतिक्रिया