विकासे काममा विपत् न्यूनिकरण जरुरी– शाही

विकासे काममा विपत् न्यूनिकरण जरुरी– शाही

ज्वाला सन्देश सम्वाददाता
दैलेख ५ पुस– विकास निर्माणका काम गर्दा विपद् न्यूनिकरण गर्न जरुरी रहेको आज जिल्ला स्तरीय फोकल व्यक्तिहरुको तालिम समापनमा वोल्दै जिल्ला विकास समितिको कार्यालयका कार्यक्रम अधिकृत शमशेर बहादुर शाहीले वताएका हुन् ।

३ दिने जिल्ला स्तरीय फोकल व्यक्तिहरुको लागि विपद् जोखिम व्यवस्थापन तालिम
३ दिने जिल्ला स्तरीय फोकल व्यक्तिहरुको लागि विपद् जोखिम व्यवस्थापन तालिम
३ दिने जिल्ला स्तरीय फोकल व्यक्तिहरुको लागि विपद् जोखिम व्यवस्थापन तालिम
३ दिने जिल्ला स्तरीय फोकल व्यक्तिहरुको लागि विपद् जोखिम व्यवस्थापन तालिम

देशमा भुकम्प वाढि पहिरो लगाएतका प्रकोपले सताइरहेकै वेला अधिकृत शाहीले यस्तो बताएका हुन् । ३ दिने जिल्ला स्तरीय फोकल व्यक्तिहरुको लागि विपद् जोखिम व्यवस्थापन तालिमको समापन कार्यक्रमा शाहीले जिल्लामा हुने विकास निर्माण पुल÷पुलेसा सडक जस्ता योजनाहरु निर्माण गर्दा विपद् न्यूनिकरणका उपायहरु अपनाउनु पर्ने धारणा राखेका हुन् । ‘प्राकृतिक प्रोकपवाट हुने नोक्सानी जोगाउनका लागि आजै देखि सवै निकायले ध्यान दिन जरुरी छ’ उनले भने, ‘हरेका विकास निर्माण गर्दा ठाउँ र पछि हुने सम्भावित क्षतिवाट वच्न विपद् व्यवस्थापनमा न्यूनिकरण जरुरी छ ।’ विपद् न्यूनिकरणमा जिल्लावासी सवैको सहयोग हुदै आएको र आगामि दिनमा पनि सवै एकिकृत भई अगाडि वढ्न जरुरी रहेको शाहीको भनाई छ ।
पुस ३ देखि ५ गते सम्म चलेको तालिम जिल्ला विपद् प्रतिकार्य समितिको समन्वय र DCA/ICCO/LWF नेपालको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयोजनामा भएको हो । जिल्ला स्थित विपद् फोकल व्यक्तिहरुलाई विपद् जोखिम व्यवस्थापन, मूल प्रवाहीकरण र जिल्लामा विपद् व्यवस्थापन सम्वन्धि गतिविधिहरुको वारेमा जानकारी गराइएको सोसेक उत्थानशिल जिविकोपार्जन तथा दिगो खाद्य सुरक्षा परियोजना कार्यक्रम संयोजक वसन्त श्रेष्ठले वताए । विपद् न्यूनिकरणमा सहज हुने भन्दै जिल्लामा यो तालिम विपद् फोकल व्यक्तिहरुलाई अवश्यक भएको श्रेष्ठको भनाई छ ।
तालिमको समापनमा सहभागि विपद् फोकल व्यक्तिहरुले आफुले सिकेको विपद् सम्बन्धि गतिविधिहरुलाई आवश्यक परेको समयमा व्यवहारमा लागु गर्न तयार रहेको वताएका छन् । तालिम समापनमा यस सम्वन्धि घोषणा पत्र पनि तयार गरिएको जनाइएको छ ।

प्रतिक्रिया