कांग्रेसलाई कसैले वाइपास गर्न सक्दैन, तिन दलको एकता फेरि पनि जरुरी ः खड्का

कांग्रेसलाई कसैले वाइपास गर्न सक्दैन,  तिन दलको एकता फेरि पनि जरुरी ः खड्का

रत्न शाही
नेपाली काँग्रेसका सहमहामन्त्री पुर्णबहादुर खड्काले संविधान कार्यान्वायनका लागि तिन दलको एकता केही समय फेरी पनि जरुरी रहेको बताएका छन् । सोमवार सदरमुकाममा प्रेस यूनियन दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उन्ले यस्तो बताएका हुन् ।Congresscongress 1
कांग्रेशको विवेकशिल भुमिकाका कारण संविधान जारी भयो, अव संविधान कार्यान्वायनमा पनि कांग्रेशको आबस्यकता छ, प्रतिपक्षमा रहे पनि काग्रेशलाई कसैले वाइपास गर्न सक्दैन, काग्रेश सँग सबै भन्दा ठुलो जनमत छ, कसैले चाहेर पनि काग्रेश विना ठुला निर्णयहरु हुन सक्तैनन् काग्रेश, एमाले र एमाओवादीको एकता संसदको अर्को चुनाव नहुने वेला सम्मका लागी आबस्यक छ, कांग्रेश महामन्त्री खड्को तर्क थियो । संविधान जारी पश्चात वनेको सरकारमा नेपाली कांग्रेश नगए पनि आमनागरिकका लागि संविधानमा व्यवस्था भएका हक अधिकारहरुको सुरक्षाका लागि प्रतिपक्षमै रहेर प्रभावकारी भुमिका निर्वाह गर्ने खड्काको भनाइछ । संविधान जारी गर्दा काग्रेशको जस्तो आबस्यकता थियो, दर्जनौ ऐन निर्माणमा पनि उत्तिकै आबस्यक्ता कांगेशको पर्छ खड्काले भने । संविधान निर्माण र संघिय लोकतान्त्रिक गणतन्त्र स्थपना सँगै प्रत्येक पार्टीका नेता कार्यकर्ताका आचरण र व्यवहारहरु रुपान्त्रण हुन जरुरी रहेको पुर्व गृह सुचना तथा संचार मन्त्री एवम कांग्रेश सहमहामन्त्री खड्का भनाई थियो ।
संविधानले महिला, दलित मुस्लिम मधेशी, सिमान्कृत लोपोन्मुख जनजातीका अधिकारको सम्बोधन गरेकाले नेपालको संविधान ०७२ सर्वोकृष्ट समावेशी संविधान भएको खड्काको दावी थियो । यदी तीन दल लगायत अन्य साना दलमा कटुता बढदै गयो भने संविधान जनताको घर आँगन नपुग्ने, स्थानीय निकायको चुनाव नहुने, संघिय राज्यको सिमांकन नहुने र अहिलेसम्म हासिल गरेका उपलब्धि गुम्ने छन् उहाँले त्यसैले दलहरुको एकता आबस्यक छ कंग्रेश सहमहामन्त्रीले भने । मधेश आन्दोलन र भारतले गरेको अघोषित नाकावन्दी नेपाली जनता माथिको अन्याय भएको भन्दै भारतले नेपालीको मन कुडाउने गर्न नहुने समेत खड्का तर्क छ । ६ नम्वर प्रदेशको नाम र राजधानीको विषयमा नेताहरुका विच अनौपचारिक सहमति भए पनि यसको औपचारिक निर्णय प्रदेश सभाले नै गर्न खड्काले बताए । कांग्रेशको १३ औँ महाधिवेशनलाई कसरी लैजाने भन्ने विषयमा कार्यकर्ताको सुझाव लिन दैलेख आएका खड्काले आइतवार रेडियो दुल्लुको उद्घाटन पनि गरेका छन् । लगत्तै सदरमुकाममा भएको काग्रेश नेता कार्यकर्ता भेटघाटमा अधिकांश कार्यकर्ताले गुट र उपगुटको अन्त्य गर्नु पर्ने धारणा राखेका छन् । नेताहरु कार्यकर्ता र सुभचिन्तकहरु प्रति वफादार नभए पनि कांगे्रशलाई माया गरेका छन् । फेरी पनि नेता रुपान्त्रण नभए कांग्रेश प्रति जनता धैर्य रहन नसक्ने कार्यकर्ताको सहमहामन्त्री खड्का समक्ष सुझाव थियो । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर कांग्रेशको संस्थागत चिन्ता गर्ने, कार्यकर्तालाई गतिशिल बनाउने र सुभचिन्तकको संरक्षण गर्ने नेतृत्वा अबको १३औ महाधिवेशनले चयन गर्नु पर्ने धारणा आम कार्यकर्ताले भेटघाटमा राखे, जिल्ला क्षेत्र र गाविसमा पनि गुट र उपगुट नभनि सक्षम, काग्रेश कार्यकर्तालाई चलाएमान गर्न सक्ने क्षमता र विवेक भएको मान्छे नेतृत्वमा आउनु पर्छ भेटघाटमा सहभागी गाउँ काग्रेश सभापतीहरुले भने ।

प्रतिक्रिया