अन्र्तक्रीयात्मक कृषक अवलोंकन भ्रमण

अन्र्तक्रीयात्मक कृषक अवलोंकन भ्रमण

ज्वाला सन्देश सम्वाददाता
दैलेख कृषक समुहका पदाधिकारीलाई २ दिने अन्र्तक्रीयात्मक कृषक अवलोंकन भ्रमण अवलोंकन भ्रमण सम्पन्न भएकोछ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहजिकरणमा प्रत्यक्ष अवलोकन वाट ७५ प्रतिशत सिकाई प्रकृया प्रभावकारी हुन्छ भन्ने तथ्य लाई आत्मासाथ गर्दै कृषकहरुको अवलोकल तथा अन्तक्रिया भ्रमण कार्य मिति २०७२ साल पौष महिनाको ९ गते संम्पन्न भएको हो । exposure  (4)

अन्तरक्रियात्मक अवलोंकन भ्रमण टोली
अन्तरक्रियात्मक अवलोंकन भ्रमण टोली
अन्तरक्रियात्मक अवलोंकन भ्रमण टोली समुहसंग अन्तरक्रिया गर्दै
अन्तरक्रियात्मक अवलोंकन भ्रमण टोली समुहसंग अन्तरक्रिया गर्दै
अन्तरक्रियात्मक अवलोंकन भ्रमण टोली  तरकारी टनेलको अवलोंकन गर्दै
अन्तरक्रियात्मक अवलोंकन भ्रमण टोली तरकारी टनेलको अवलोंकन गर्दै

ग्रामिण पहुच कार्यक्रम तेश्रो चरण को आर्थिक सहयोग, हेल्भेटास स्विस ईन्टरकोअपरेशन नेपालको कार्यन्वयन सहयोगमा संचालित सामाजिक आर्थिक विकास कार्यक्रम अन्र्तगत रामाघाट सिहासैन र देसिगाडे महावु सडक खण्डमा रहेका तरकारी तथा विउ उत्पादन सह क्षेत्रका कृषक सदस्यहरुको अवलोकन भ्रमणका माध्यामबाट उनिहरुको क्षमतामा बृद्धि, भ्रमणका क्रममा देखीएका राम्रो अभ्यासको अनुसरण गर्नु का साथसाथै सम्वधित तरकारी तथा विउ उत्पादन सह क्षेत्रमा समुहका सदस्यहरुविच अन्र्तक्रिया तथा अवोलोकन गराई त्यहा भएको राम्रो अभ्यास जस्तो तरकारी तथा विउ उत्पादन प्रणालि , त्यहा अवलम्वन गरीएको प्रविधीमा प्लास्टिक गुमोज, दिगो वजार विकास प्रणालि, वजारीवरण तथा कृषि क्षेत्रमा गरीएको राम्रो अभ्यासको वारेमा प्रत्यक्ष अवलोकन गरी त्यसको रेप्लीकेट गर्ने उद्देश्यले संचालन गरीएको उक्त भ्रमणमा दैलेख जिल्लाको सदरमुकाम देखि पूर्वि भागमा पर्ने चुप्रा मेहलतोलि सडक खण्ड मा पर्ने हुलाक टाकुरा चिपिन्तडा, मौलेसाल , वेस्तडा मा रहेका तरकारी तथा विउ उत्पादक फार्म मा रहेका कृषकहरु विच अन्र्तक्रीया तथा अवलोकन भ्रमण गरेका हुन । उक्त भ्रमणमा सम्वन्धित २ वटै सडक खण्डका कृषक ४५ जना र ३ जना सम्वन्धित कर्मचारी गरी जम्मा ४८ जनाको सहभागिता रहेको थियो। त्यसैगरी उक्त कार्यक्रममा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका कार्यक्रम अधिकृत श्री रत्न प्रसाद चौलागाई ले सहजीकरण गर्नु भएको हो । उक्त कार्यक्रमको अन्तमा सहभागिको तर्फवाट राय लिदै कार्यक्रम अधिकृत ले अवलोकन भ्रमणमा सिकेका कुरालाई आ आपनो वारीमा रेप्लीकेट गरी एउटा असल व्यवसायी वनेर अर्काको वारीमा भ्रमण गर्ने हैन आपनो क्षेत्रमा वाहिरका कृषकहरु लाई भ्रमणमा आउने वातावरणको सृजना गर्नु हनेमा म पुर्ण विस्वस्त रहेको वताउदै अवलोकन भ्रमणको समापन गर्नुभयको हो । भने सहभागिका तर्फवाट वोल्नु हुदै बाटीकाफल समुहकी सहभागी पवित्रा जैशी ले आफुहरुले आगामी वर्षमा हाम्रो वारीमा यहाका कृषकहरुलाई उछिल्ने समेत प्रतिवद्धता व्यक्त गर्नु भयको हो । अन्तमा हामिसम्पूर्ण सहभागिहरुलाई यहा सम्म ल्याई नया ज्ञान र अनुभव साट्ने मौका दिनु भएकोमा आयोजक संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल लाई सम्पूर्ण सहभागिको तर्फवाट धन्यवाद समेत दिनुभएको थियो ।

प्रतिक्रिया