राउटेलाई न्यानो कपडा र चामल वितरण

राउटेलाई न्यानो कपडा र चामल वितरण

ज्वाला सन्देश सम्वाददाता
पिलायताडा (अछाम) पुस १४ गते । फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई न्यानो कपडा र चामल वितरण गरिएको छ । “चिसो गर्दा राउटेलाई जीवनधान्न मुस्किल” गोरखापत्रमा समाचार प्रकाशित पश्चात शिक्षा नेपाल काठमाण्डौले सोमबार राउटे समुदायलाई न्यानो कपडा र चामल वितरण गरेको हो ।

सोमबार दैलेखको टुनिवगर बजारमा राउटेलाई जीपबाट चामल दिदै गैरसरकारी सस्थाका एक कर्मचारी । राउटेलाई न्यानो कपडा र चामल वितरण गरिएको थियो ।
सोमबार दैलेखको टुनिवगर बजारमा राउटेलाई जीपबाट चामल दिदै गैरसरकारी सस्थाका एक कर्मचारी । राउटेलाई न्यानो कपडा र चामल वितरण गरिएको थियो ।

चामल र न्यानो कपडा पाएपछि राउटे समुदाय दंग परेका थिए । जनताले चामल र न्यानो कपडा पाएपछि राउटेका मुखिया सुर्यनारायण शाहीले खुशी हुदै सहयोगदाताको सोधीखोजी गर्नुभयो । उहाँले भन्नुभयो,हामीलाई यो चामल र कपडा पठाउने को हो ? त्यो संस्था र मान्छेलाई धन्यवाद सुनाई दिन पत्रकारलाई आग्रह गर्नुभयो । “चामल र पैसा नहुँदा मेरो जनताले केही दिन अघि गाउँबाट मुला खाएर रात दिन काट्यो कोही सहयोग गर्न आएनन् । चामल र कपडा पाउँदा जनताले खुशी मान्याको छ,”उहाँले थप्नुभयो ।
जंगलमा आफुलाई आवश्यक पर्ने कु–काठ नहुँदा केही दिन देखी भोकै बसेको खुलासा गर्नुभयो । कोशी नहुँदा कोही अन्न दिदैनन् छाक टार्नको लागि दाउरा विक्रि जीवन धानेका थियौंै,अर्का राउटे मुखिया दिलबहादुर शाहीले बताउनुभयो । कोशी मधुस र आरी विक्रिबाट खानाको जोहो गर्दै आएका राउटे कु–काठ अभाबले दाउरा विक्रि गर्न थालेका हुन् । बाक्लो हुस्सु र कुहिरो कारण चिसो बढदै गएपछि कर्णाली नदीकोतिर नजिकै अछामको रानीवन गाविस –३ को पियालताडा जंगलमा बसोबास गर्दै आएका राउटे बस्तीमा न्यानो कपडा र चामलको अभाव हुँदा कष्टकर जिवन विताउनु परेको थियो ।
चिसो गर्दा अधिकाँश राउटेका बालबालिका,वृद्ध र महिला निमोनिया,ज्वरोले विरामी छन् । विरामी हुँदा राउटेको एकल महिलालाई खानाको जोहो गर्न धौ धौ–परेको ६० वर्षिया गोल्पी शाहीले बताउनुभयो । “ज्वरो आउँछ, कोशी बनाउन जान्दैनौं,गाउँमा माग्न जान नसकिएनकाले भोकै बस्नुपरेको पिडा सुनाउनुभयो ।”चामल र न्यानो कपडा पाउँदा राउटे बालबालिका र महिला दंग परेका थिए ।
राउटे महामुखिया महिनबहादुर शाहीले वितरण गरिएको चामलले केही दिन खान पुगे पनि माघ संक्राति मनाउनका लागि अपुग हुने बताउनुभयो । यस चामलले केही गुजारा चल्छ,माघे सक्राति मनाउन प्रधानमन्त्रीलाई खसी र चामल पठाई दिन आग्रह गर्नुभयो । २०७१ को विजया दशमीमा प्रधानमन्त्री सुशिल कोइरालाले दशै मनाउन चारलाख रुपैया दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“अहिलेको प्रधानमन्त्रीले संविधान बनायो भन्छन्,संविधान बनाउनेलाई हामीलाई चामल खसी दिएमा आफुहरु खुशी हुने थियौं ।”
एजुकेटेड नेपाल,काठमाण्डौंको सहयोग र जिल्ला बालकल्याण समिति सुर्खेतको समन्वयनमा राउटेलाई ६० हजारको २५ बोरा चामल,पुरुष राउटेलाई गादो,पकरी,कम्बल र महिलालाई फरिया वितरण गरिएको थियो ।

तस्वीर ः भक्तबहादुर शाही⁄दुल्लू

प्रतिक्रिया