सहकारी व्यवस्थापन सार्वजनिक सुनुवाइ

सहकारी व्यवस्थापन सार्वजनिक सुनुवाइ

दैलेख– सुडेक नेपाल दैलेखद्वारा सञ्चालित दीगो जीवकोपार्जन तथा खाद्य सुरक्षा कार्यक्रम अन्तरगत महिलाको आर्थिक नेतृत्व विकास परियोजना अन्तरगत कार्यक्षेत्रका ३ गाविसहरु बराह, सेरी र गोगनपानीमा बाली उपचार शिविर र सार्वजनिक सुनुवाइहरु कार्यक्रम चलिरहेका छन् ।Public hearing Cooprative
सुडेक नेपालको सहयोगमा सेरीको दोबाटोमा स्थापित मयूर कृषि तथा पशुपालन सहकारी संस्थाको सार्वजनिक सुनुवाइ कार्यक्रम आज सम्पन्न भएको छ । झण्डै ३४ लाखको कारोबारबाट ४३ हजार भन्दा बढी खुद नाफा कमाएको सहकारीको भौतिक र आर्थिक सुधारका आधार विषयमा सहभागी सेयर सदस्यहरुले जिज्ञासा, सुझाव र प्रतिक्रिया राखेका थिए ।
मयूर कृषि तथा पशुपालन सहकारी संस्थाका अध्यक्ष हरिमाया सारु, उपाध्यक्ष तिलबहादुर पुन, सचिव संगीता बंशी मगर, व्यवस्थापक लालबहादुर सारु, जीविकोपार्जन अधिकृत गणेशबहादुर थापा र जेटीए प्रमिला रावतले त्यहाँ उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार अमर सुनारले गर्नुभएको थियो ।
त्यसैगरी महिलाको आर्थिक नेतृत्व विकास परियोजनाकै आयोजनामा बराहको तालपोखरीमा आज बाली उपचार घुम्ती शिविर सम्पन्न भएको छ । कृषकहरुले आफ्नो तरकारी खेती र अन्न बालीमा लागेका रोग, कीराले नोक्सानी पु¥याएको बालीको नमूना ल्याई कृषि प्राविधिकसंग परामर्श लिनुभएको थियो ।
त्यस बखत विभिन्न बालीमा लागेका रोग, कीरा व्यवस्थापन विधि र उपचार प्रक्रिया प्रयोगात्मक मै समाधान विधि बारे परामर्श दिइएको जिल्ला कृषि विकास कार्यालयका नाप्रास पूर्णबहादुर थापाले जानकारी दिनुभयो ।
शिविरमा प्राय जसो बन्दा, काउली, रायो, तोरी, सिपचना, सिमी जस्ता तरकारी बालीमा ‘लाई’ कीराको समस्या पाइएको शिविरका मुख्य कृषि प्राविधिक जिल्ला कृषि विकास कार्यालयका नाप्रास थापाले बताउनुभयो । उहाँे आलुमा रातो कमिना र खुम्ले कीराको समस्या देखिएको जानकारी दिनुभया

प्रतिक्रिया