अभिभावक भेला भब्य

अभिभावक भेला भब्य

दैलेख, फागुन २९– दैलेखको सवैभन्दा पुरानो बोडिङ्ग स्कुल सनराईज ईङ्लिस बोडिङ्ग स्कुलको २९ औं अभिभावक भेला भब्य रुपमा मनाईएको छ । २९ औं स्थापना दिवशको अवसर पारेर उक्त स्कुलले भब्य रुपमा भेला गरेको हो ।

कार्यक्रममा सहभागीहरु
कार्यक्रममा सहभागीहरु

जिल्ला शिक्षा कार्यालयका निमित्त जिल्ला शिक्षा अधिकारी हेमकुमार ढकालको प्रमुख अतिथिमा अभिभावक भेला गरिएको हो । भेलामा विद्यार्थीहरुले नाच, गित र विज्ञान सामाग्रीहरु देखाएका थिए । आफ्ना नानीहरुले प्रर्दशनी देखेर अभिभावक समेत दंग परेका थिए । भेलामा जिविस दैलेखका योजना अधिकृत पदम सापकोटा, बोडिङ्ग संचालक बालकृष्ण केसी सरकारी विद्यालयका शिक्षक लगायत सहभागी रहेका थिए ।

प्रतिक्रिया