उपभोक्ता समितिमा राजनीतिक दलकै प्रभाव

उपभोक्ता समितिमा राजनीतिक दलकै प्रभाव

दैलेख, १ चैत – विकास योजना निर्माणका निम्ति गठन हुने उपभोक्ता समितिमा पदीय जिम्मेवारी रहेका दलका नेताहरु बस्न नपाउने भनी सरकारले नीति, नियम र कार्यविधिमा प्रष्ट व्यवस्था गरेपनि दैलेखका चाहिं यस उलंघन भएको छ । Public heraing (2) Public heraing (1)जिल्ला विकास समितिको कार्यालय दैलेखले आइतवार अवलपराजुलमा आयोजना गरेको जिल्ला स्तरीय सार्वजनिक सुनुवाइमा यो समस्या उठाइएको हो । डाँडापराजुलको ओइरीस्थित विद्यालय हाताबाट विद्युतको पोल हटाउन पटकपटक आग्रह गर्दा पनि हटाइएको, अवलपराजुल गाविस भवन गुणस्तरीय नभएको, भूक्षय नियन्त्रणका लागि ल्याइएका जालीहरु आवश्यक ठाउँमा प्रयोग नभएको जस्ता समस्या उठेका थिए । जिविस कार्यालयका कार्यक्रम अधिकृत सम्शेरबहादुर शाही, भूसंरक्षण अधिकृत शिखर चपाई, पशु विकास अधिकृत प्रचण्ड खड्का, कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर थापा, बरिष्ठ उद्योग अधिकृत पर्शुराम आचार्य, उपापका सहजिल्ला समन्वयकर्ता पुरुषोत्तम अर्याल, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले त्यहाँ उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।

प्रतिक्रिया